भेरीगंगाको बजेट : प्राथमिकता कृषि र पूर्वाधार
कृषि पूर्वाधारको आवश्यक व्यवस्था, कृषि विमा, कृषि तथ्यांकलाई अध्यावधिक गरिने, मौरीपालन तथा च्याउ खेती प्रवद्र्धन, साविकका लेखपराजुल, रामघाट र मैनतडामा कृषि सेवा केन्द्र स्थापना गरिने नगरपालिकाको आगामी नीति तथा कार्यक्रममा उल्लेख छ । कृषि पेशालाई गौरबको पेशाको रुपमा विकास गर्न उत्कृष्ट कृषक पुरस्कार जस्ता कार्यक्रम सञ्चालन गरिने छ । विदेशबाट स्वदेश फर्किएका युवाको पहिचान गरी अनुदान मार्फत कृषि (च्याउ, मौरी, अदुवा, बेसार, टिमुर, बदाम, तरकारी, फलफुल) व्यवसाय संचालन गर्न प्रोत्साहीत गरिने भएको छ ।
चालुतर्फ ४८ करोड ६४ लाख १८ हजार सात सय एक रुपैयाँ तथा पूँजीगततर्फ १४ करोड २४ लाख ४७ हजार बराबरको बजेट प्रस्ताव गरिएको हो । बुधवारको बैठकले नगरपालिकाको आगामी नीति तथा कार्यक्रम पनि पारित गरेको छ ।
