स्याङ्जामा पहिरो : ६ जनाको शव भेटियो ,चार बेपत्ता


सुर्खेत, असोज ८ ।

स्याङ्जाको वालिङ नगरपालिका वडा नम्बर-१४ मा पहिरोमा पुरिएर बेपत्ता भएका छ जनाको शव  फेला परेको छ भने चार जना अझै बेपत्ता छन्।स्थानीय माया परियारको घर पहिरोले पुरिँदा १० जना बेपत्ता भएका थिए।बिहीबार बिहान माथिबाट गएको पहिरोले एकै परिवारका १० जना पुरिएका थिए।तीमध्ये एक जनाको जीवितै उद्धार गरी उपचारको लागि पोखरा पठाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए।घर माथिबाट पहिरो झरिरहेकाले उद्धारमा कठिनाइ भएको अधिकारीले बताए।

प्रहरी र स्थानीयले उद्धार गरिरहेको तस्बिर