आइसीयुबाट डिस्चार्ज भए सोनु, इंस्टामा गरे यस्तो आग्रह


काठमाडौं । भारतीय चर्चित गायक अस्पतालबाट डिस्चार्ज भएका छन् । छालाको एलर्जीपछि मुम्बईको नानावटी अस्पतालको आइसीयूमा भर्ना भएका उनी बुधबार डिस्चार्ज भएका हुन् ।

सोनू निगमलाई बाहिरको खाना खाँदा छालाको एलर्जी भएको बताइएको छ । उनले एलर्जीलाई कहिले पनि सामान्य रुपमान नलिन आग्रह गरेका छन् ।

इन्स्टाग्राममा आफ्नो एउटा फोटो सेयर गर्दै उनले लेखे,‘म लगायत सबैका लागि पाठ, एलर्जीको जोखिम कहिल्यै पनि नलिनुहोस् ।’ मेरो केसमा ‘सी फूड’।’ सोनूको अहिले स्वास्थ्य स्थिती सुधारोन्मुख रहेको बताइएको छ ।