अनमोलको ‘क्याप्टेन’ मार्च १७ मा जापानमा


अनमोल केसी स्टारर फिल्म ‘क्याप्टेन’ नेपाल लगत्तै जापानमा प्रदर्शन हुने भएको छ । भुवन केसी निर्मित यो फिल्म आउँदो मार्च १७ तारिखमा टोकियोमा रिलिज हुने आयोजक संस्था डेस्टिनी क्रियशनले बताएको छ । दिवाकर भट्टराई निर्देशित नेपालमा फागुन १७ गतेका लागि प्रतिक्षारत छ ।

फिल्म क्याप्टेन फुटबल र लभ स्टोरी जनरामा आधारित छ । यही फिल्मबाट दुई नायिका उपासना सिंह ठकुरी र प्रियंका एमभीले नेपाली सिनेमा क्षेत्रमा डेब्यु गरेका छन् । अनमोल, उपसना र प्रियंकासँगै कलाकारहरु सुनिल थापा, प्रशान्त ताम्राकार, सरोज खनाल, विल्सन विक्रम राई, राजाराम पौडेल, सुर्यमाला खनाल, बुद्धि तामाङ, अमित श्रेष्ठ लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । भुवन र निरुतासँग गरिएको रमाइलो कुराकानी हेर्नुस् :

सुपर काजल फिल्मस्को क्यानरमा निर्माण भएको ‘क्याप्टेन’ का लेखक तथा निर्देशक दीवाकर भट्टराई हुन् । सिनेमाको कथा सामिप्यराज तिमल्सिनाको हो । जिया केसी कार्यकारी निर्माता रहेको फिल्ममा अर्जुन पोखरेलको संगीत, कविराज गहतराज र रेनेशा वान्तवा राईको कोरियोग्राफी, सुदीप बरालको डिओपी, नवराज उप्रेतीको छायाँकन, दिर्घ खड्काको सम्पादन रहेको छ ।

फिल्म ‘क्याप्टेन’ को ‘रहर छ सँगै’ गीत रुचाएको छ भने प्रोमोले बेग्लै हाइप सृजना गरेको छ । अझ भुवन केसी, निरुता सिंह र अनमोलको नृत्य समावेश गीत ‘कर्ली कर्ली कपाल’ त प्रतिक्षारत बनिरहेको छ ।