‘यात्रा’मा सलिनमानले पाए चाहे जस्तो भूमिका


डेब्यु फिल्म ’ए मेरो हजुर २’ मार्फत नै आफ्नो एक किसिमको फ्यान फ्लोअर्स बनाइसकेका नायक सलिनमान बनियाँ फिल्म यात्रा मार्फत निकै आश्वादी छन् । भ्ल्गिस्टको भूमिकालाई उनले सक्दो न्याय गरेको बताउछन् । ’मैले चाहेकै किसमको भूमिकालाई यसमा निर्वाह गरेको छु’ ।

सलिन थप्छन् ’फिल्मले नेपालको आन्तरिक पर्यटनलाई प्रवद्धन त गर्छन नै दर्शकलाई पनि लोकेशनले आँखामा शितलता दिन्छ ।’ फिल्मको टाइटल गीत यात्रालाइ नेपालको पहाडी तथा हिमाली भेगको विभिन्न मनोरम दृश्यमा छायांकन गरिएको छ । अर्को साता रिलिज हुने गीतको केहि तस्वीर निर्माण पक्षले सार्वजनिक गरेको छ । यस गीतमा शब्द र सगीत प्रतिक पौडेलको रहेको छ भने यसलाई धर्मेन्द्र सेवान , मेलिना राई , प्रेक्षा बज्राचार्य र उपकार पाण्डेले स्वर दिएका छन् ।
फिल्मलाई सम्राट शाक्यले निर्देशन गरेका छन् । दुई दशक अगाडी सहायक निर्देशक भइ यसक्षेत्रमा भित्रिएका सम्राटले मुख्य सहायक निर्देशक भइकाम गरेको फिल्महरु के यो माया हो, मेरो लभ स्टोरी, कोहि मेरो, नोभेम्बर रेन, होमवर्क, छक्का पञ्जा, ऐश्वर्य, कृ लगायत चर्चामा थिए । ’फिल्मको कथावस्तु यात्रामा केन्द्रित छ तर यसले पूर्ण रुपमा मनोरंजन दिन्छ’ निर्देशक शाक्य भन्छन् ’फिल्ममा चाहिने सम्पूर्ण तत्व यात्रामा छ ।’

फिल्ममा यात्राको क्रम आउने परिस्थिति, माया र मित्रतालाई देखाइने उनले बताए । यसमा सलिनसँगै, सलोन बस्नेत, जान्वी बस्नेत, जय नन्द लामा, रेअर राई, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेल, विशाल कटवाल, समृद्धि राई, योगेश जंग कुँवर, ईश्वर पौडेल, नानीकाजी डंगोल, राजेश बिसुराल, इश्वर पौडेल, बिशाल पहाडी, प्रजोल भट्टराई, देशभक्त खनाल, कमल मैनाली, सौगात शर्मा लगायतको अभिनय छ ।

यसैफिल्म मार्फत मल्लिका महतले डेब्यु गर्दैछिन् भने यसमा विदेशी कलाकारहरु चाइनाका जुन झाङ र केन्याका बबीको पनि अभिनय रहनेछ । फिल्ममा बालकलाकारको रुपमा पछिल्लो समय युट्युबमा चर्चा रहेका अंकित संग्रौला र एन्जल राई रहेका छन् । कोटकी कालिका देवीफिल्म्स प्राइभेट लिमिटेड, क्रिएटिभ फिल्म प्रोडक्सन र हरि ओम सिने मेकर्सको ब्यानरमा निर्माण हुने फिल्ममा केशव भट्टराईसँगै चिज कुमार श्रेष्ठ पनि प्रस्तुतकर्ता रहेको फिल्ममा बिक्रम पराजुली , मुक्ति तिम्सिना र राम शरण घिमिरे सह( निर्माता रहेका छन् । फिल्मका निर्माता सुशील पोखरेल हुन् भने यसको कार्यकारी निर्माता सर्जुमान लिगल रहेका छन् । फिल्ममा कथापनि सम्राटकै रहेको छ भने यसलाई उनिसँगै सुरेश न्यौपाने , प्रतिकपौडेल र शिशिर खातीले मिलेर लेखेका हुन् ।
फिल्मको मुख्य सहायक निर्देशक सुरेशनै रहेका छन् भने यसलाई संजय लामाले खिच्नेछन् ।

फिल्ममा कविराज गहतराज र प्रविन सिंहको कोरियोग्राफी , हिमाल केसीको द्वन्द , बनिश शाहको सम्पादन , आशिष पौडेलको कस्ट्युम डिजाइन , जटा शंकर गोसाईको आर्ट डिजाइन , निमा लामाको मेकअप र अरुण रेग्मीको प्रोडक्सन डिजाइन रहनेछ । फिल्ममा वरिष्ठ संगीतकार शम्भुजित बास्कोटाकोसँगै प्रतिक पौडेल र कोविद बज्रको संगीत रहनेछ । फिल्ममा श्रीधर पौडेलको फोटोग्राफी रहेको छ भने यसको डिजाइनर टौवा क्रिएसनले गरेका हुन् । फिल्म ’यात्रा स् अ म्युजिकल भ्लग’ यस वर्षको अन्त्य अर्थात् चैत्र २९ गते रिलिज हुँदैछ ।