राष्ट्रिय नाटक महोत्सवको तयारी तीव्र


सांस्कृतिक संस्थानको मूल आयोजना तथा आरङ्ग नेपाल सुर्खेतको सह-आयोजनामा हुन लागेको रारा राष्ट्रिय नाटक महोत्सव, २०७५ तयारी तिब्र रुपमा भैरहेको मुल आयोजक समितिका संयोजक गणेश गौतम बताउनुभयो ।उहाँका अनुसार यहि फागुन २३ देखी २९ सम्म सन्चालन हुने महोत्सवमा देशभरका १३ नाटक मन्चन हुने छन् । जस अनुसार प्रदेश नं. १ बाट ‘आरन’, सगरमाथा नाट्य समूह सोलुखुम्बु ‘म पहिलो किसान जन्माउँछु’ मानव अधिकार मञ्च नेपाल इलाम छनौट भएका छन् ।

यसैगरी प्रदेश नं.२ बाट ‘दहेज आ दारु’, गढीमाई नाट्य कला केन्द्र बाराले नाटक प्रदर्शन गर्नेछ भने प्रदेश नं. ३ बाट ‘एक बोली एक दाम’ ङ समूह काठमाडौं र ‘जिउँदो आकाश’ साइलेन्ट एक्ट काठमाडौंले नाटक प्रदर्शन गर्ने जनाइएको छ । गण्डकी प्रदेशबाट ‘घेरो’ युथ क्रियशन थियटर, पोखरा र ‘नौगेडी’ मञ्जरी नाट्य समूह लमजुङको नाटक प्रदर्शन हुनेछन् । प्रदेश नं. ५ बाट ‘हिटवा’ शान्तिका लागि युवा सञ्जाल बर्दिया र कर्णाली प्रदेशबाट ‘आमाको सपना’ कर्णाली कला प्रतिष्ठान सुर्खेतले प्रदर्शन गर्नेछ भने कर्णाली खस संस्कृति संरक्षण मञ्च जुम्लाले ‘फड्को’ प्रदर्शन गर्ने बताइएको छ ।

यसैगरी सुदूरपश्चिम प्रदेशबाट ‘छाउ’ खप्तड सांस्कृतिक परिवार कैलाली र ‘श्रीमान् वीरबहादुर’ सुदूरपश्चिमाञ्चल साहित्य समाज कैलालीले प्रदर्शन गर्ने गरी नाटक छनौट गरिएको अध्यक्ष गौतमले बताउनु भएको छ ।

नाटक महोत्सवलाई सफल पार्न कर्णाली प्रदेश सरकारले १० लाख दिने निर्णय गरेको र सुर्खेत स्थित गाउँपालिका नगरपालिका सङ समेत सहयोगका लागी अनुरोध गरिएको आरङ्ग नेपालका सचीव प्रकाश पौडेलले बताउनुभयो ।उहाँका अनुसार टिकट दर रु. २०० ,३०० र विद्यार्थीका लागी रु. १०० कायम गरीएको छ नाटक महोत्सव अवधिभर नाटक हेर्न चाहानेहरुका लागी २००० को टीकट व्यवस्थापन गरीएको छ।