गुरुकुलले मनायो आफ्नो तेश्रो वार्षिक उत्सव



फागुन १७ सुर्खेत ।
वीरेन्द्रनगर नगरपालिका वडा नं. ७ इत्राममा रहेको गुरुकूल मन्टेश्वरी एण्ड एजुकेशन फाउण्डेशनले आफ्नो तेस्रो वार्षिकोत्सव मनाएको छ ।

कार्यक्रमको प्रमुख अतिथि वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देव कुमार सुवेदीले बच्चाहरुलाई गुरुकुलले व्यवहारीक र गुणस्तरिय शिक्षा दिईरहेकोमा आगामी दिनमा अझ उत्कृष्ट मन्टेश्वरी बन्ने शुभकामना दिनुभएको थियो । कार्यक्रममा बच्चाहरुको विभिन्न रचानात्मक र सिर्जनात्मक नृत्य तथा विभिन्न प्रर्दशनि हरु गरिएको थियो ।

हाल करिव १०० जना विद्यार्थीहरुलाई मन्टेश्वरी पद्दतिबाट पढाईरहेको गुरुकुल मन्टेश्वरीले बच्चाहरुलाई पढाउने मात्र भन्दा पनि उनीहरुको शारीरिक र मानसिक विकासका लागि काम गरिरहेको स्पष्ट देखिन्छ । ३ वर्षदेखि ६ वर्ष उमेर समूहका बालबालिकाले स्तरीय नृत्य प्रस्तुत गर्नुले पनि त्यसलाई पुष्टि गर्दछ ।

मन्टेश्वरीको वार्षिकोत्सव कार्यक्रममा अभिभावक, मन्टेश्वरी एशोसियसनका अध्यक्ष प्रतिमा मल्लाह लगायत शिक्षा क्षेत्रमा कार्य गर्ने विभिन्न व्यक्तित्वहरुको सहभागीता रहेको थियो । वार्षिकोत्सव कार्यक्रम गुरुकूल मण्टेश्वरीका संचालक जीवन चन्दको अध्यक्षतामा भएको थियो ।