सिद्धपाइला क्याम्पसमा “स्टुडेन्ट अफ द इएर”


फागुन १८ गते शनिबार ।
वीरेन्द्रनगर नगरपालिका वडा नं. ६ मा रहेको सिद्दपाइला क्याम्पसले वि.वि.एस. प्रथम वर्षमा नयाँ भर्ना भएका विद्यार्थीहरुलाई स्वागत तथा वि.वि.एस. चौथो वर्ष सकेका विद्यार्थीहरुलाई विदाई कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रमको प्रमुख आथित्यता वीरेन्द्रनगर नगरपालिकाका नगरप्रमुख देवकुमार सुवेदीले गर्नुभएको थियो । कार्यक्रममा बोल्दै उँहाले क्याम्पसले गुणस्तरीय र व्यवहारीक शिक्षालाई अंगाल्दै अगाडि वढिरहेकोमा आगामी दिनमा क्याम्पसको सुनौलो भविष्यको कामना गर्नुभयो । क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष समेत रहनुभएका सुवेदीले क्यापसले विद्यार्थीलाई पढाउन मात्रै नभई सिकाउनमा वढि ध्यान केन्द्रित गरेको बताउनु भयो । सिद्दपाईला त्यस्तो कार्यक्रमका विषेश अतिथि सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष धन बहादुर रावतले क्याम्पसले व्यावसायीक जनशक्ति उत्पादन गरी देशमा औधोगिक विकासमा टेवा पुर्‍याउन शुभकामना दिनुभएको थियो साथै उद्योग वाणिज्य संघ क्याम्पसबाट उत्पादित जनशक्तिसँग नीजि क्षेत्रमा सहकार्य गर्न सदैव तत्पर रहेको कुरा व्यक्त गर्नुभयो ।

सिद्दपाइला क्याम्पसले सोही क्याम्पसमा वि.वि.एस. तेस्रो वर्षमा निशुल्क अध्यापन गराईरहेको अपाङ्ग छात्र रमेश सिजापतिलाई लोकसेवा अध्ययनमा सहजताका लागि ल्याप्टप उपहार समेत प्रदान गरेको थियो । वि.वि.एस. प्रथम वर्ष र तेस्रो वर्षको परिक्षामा कर्णाली प्रदेशमै तृतिय स्थान हासिल गरेका चौथो वर्षमा अध्ययनरत छात्र खगेन्द्र पुरी यस वर्षको Student of the year भएका छन । त्यस्तै वि.वि.एस. प्रथम वर्षका विनि रिजाल Mister SPC भएका छन् भने वि.वि.एस. प्रथम वर्षकी पार्वति देवकोटाले Miss SPC ताज जितेकि छिन्

वीरेन्द्रनगर नगरपालिका मेयर तथा सिद्दपाइला क्याम्पसको व्यवस्थापन समितिका अध्यक्ष देवकुमार सुवेदीले ल्याप्टप हस्तान्तरण गर्दै ।

कार्यक्रममा विद्यार्थीहरु आफ्ना कथा, कविता, गजल, मुक्तक, गित, नृत्य लगायत विभिन्न प्रतिभाहरु प्रस्तुत गरेका थिए । हाल सिद्दपाईला क्याम्पसमा करिव ५०० जना विद्यार्थी नियमित अध्ययन गरिरहेको क्याम्पस प्रमुख उपेन्द्रकुमार सुवेदीले बताउनुभयो ।

student of the year