वीरेन्द्रनगरमा स्वामि विवेकान्द संस्कृति ज्ञान परिक्षा सम्पन्न


फागुन १८ गते शनिबार ।
वीरेन्द्रनगरमा हिन्दु स्वयंसेवक संघ नेपालको आयोजनामा स्वामि विवेकान्द संस्कृति ज्ञान परिक्षा सम्पन्न भएको छ । परिक्षा कार्यक्रममा करिव ८०० विद्यार्थीको उपस्थिति तथा सहभागिता रहेको थियो ।
राष्ट्रिय गानका रचियता प्रदिप कुमार राई ‘व्याकुल माईला’ को प्रमुख आथित्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा वोल्दै व्याकुल माइलाई आफ्नो राष्ट्रिय गानको महत्वको वारेमा र आफ्ना अनुभवहरु साट्नु भएको थियो । कार्यक्रममा समाजसेवि तथा राजनितिकर्मि गेहेन्द्र प्रसाद दहाल, व्यवसायी तथा शिक्षक सन्देश रावत लगायत अतिथिको उपस्थिति रहेको थियो ।

परिक्षामा हिन्दु धर्म, धार्मिक मठ मन्दि, नेपालका प्राकृति सम्पदाका बारेमा प्रश्नहरु सोधिएको थियो भने परिक्षामा प्रथम हुनेलाई रु. ११,०००/- दोस्रोलाई ७,०००/- तेस्रोलाई ५,०००/- र सान्तोना हुने १४ जनालाई ५००/५०० रुपैयाँको पुरुस्कार प्रदान गरिएको थियो । कार्यक्रमको संयोजन परमानन्द रेग्मीले गर्नुभएको थियो ।