सारङकोटबाट उडेका प्याराग्लाइडर फेवातालमा खसे


सारङकोटबाट उडेको एउटा प्याराग्लाइडिङ दुर्घटना भइ फेवातालमा खसेको छ । प्याराग्लाइडिङ दुर्घटनामा एक जना घाइते भएका छन् ।

घाइतेको अवस्था गम्भीर रहेको र घाइतेलाई उद्धार गरी उपचार गर्न अस्पताल पुर्‍याइएको प्रहरीले जनाएको छ । घाइतेकाे परिचय भने नखुलेतापनि प्याराग्लाइडिङ फेवातालमा खसेको जानकारी पाएलगत्तै उद्धार टोली परिचालन गरिएकाे थियो ।

प्याराग्लाईडिङ ल्याण्ड गर्ने क्रममा हावाको सन्तुलन मिलाउन नसकेर सीधै तालमा खसेको अनुमान गरिएकाे छ भने घटनाकाे विस्तृत विवरण अउन बाँकी रहेकाे छ ।

श्राेतः अनलाइन खबर डट कम ।