बर्ष खेलाडी अवार्ड मार्फत लाखाैँ जित्ने क्रिकेटर !


एनसीसीएस सीप्यान क्रिकेट अवार्ड २०१९ का लागि आइतबार विभिन्न ३ विधाको मनोनयन सार्वजनिक भएको छ । क्रिकेट खेलाडी संघ (सिप्यान) को आयोजनामा हुने अवार्डमा वर्ष क्रिकेट खेलाडी पुरुष, वर्ष क्रिकेट खेलाडी महिला र १९ वर्ष उदीयमान क्रिकेट खेलाडी विधामा ५/५ जनाको नाम सार्वजनिक गरिएको हो ।

उदीयमान खेलाडी विधाको मनोनयनमा अविनाश बोहरा, कविता कुँवर, ललितनारायण राजवंशी, रोहितकुमार पौडेल र सन्दीप जोरा रहेका छन् भने वर्ष क्रिकेट खेलाडीतर्फको मनोनयनमा दीपेन्द्र सिंह ऐरी, करण केसी, पारस खड्का, सन्दीप लामिछाने र सोमपाल कामी परेका छन् । त्यस्तै वर्ष क्रिकेट खेलाडी महिलाको मनोनयनमा इन्दु शर्मा, करुणा भण्डारी, सविना श्रेष्ठ बेलबासी, सरिता मगर र सीता रानामगर रहेका छन्

वर्ष क्रिकेट खेलाडी पुरुषको पुरस्कार राशी १ लाख ३२ हजार रुपैयाँ छ भने वर्ष क्रिकेट खेलाडी महिला र उदीयमान क्रिकेट खेलाडीको पुरस्कार राशी ६६ हजार रुपैयाँ रहेको छ । उल्लेखित पुरस्कार राशी कसले हात पार्ने हाे भन्ने कुरा सम्वभत लाइफ टाइम अचिभमेन्ट अवार्डको घोषणा हुने फागुन २१ गते आयोजित समारोहमा नै थाहा हुनेछ ।