वीरेन्द्रनगरमा प्रदेश स्तरिय दुईदिने नेतुत्व विकास तालिम सुरु



फागुन १९, सुर्खेत ।

राष्ट्रिय युवा परिषदको आयोजनामा वडा स्तरीय युवा क्लबका पदाधिकारीहरुका लागी प्रदेश स्तरीय दुईदिने नेतुत्व विकास तालिम आइतबार देखी वीरेन्द्रनगरमा सुरु भएको छ । तालिममा कर्णाली प्रदेशका दश जिल्लाका सदरमुकाम रहेको पालिकाबाट शिक्षा शाखा प्रमुख र दुईजना युवा गरी ३२ जनाको सहभागीता रहेको छ । उदघाटनमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावलले कर्णाली प्रदेश सरकारले युवा हरुको नेतुत्व विकास र उद्यमशिल युवा बनाउनका लागी आफ्नो नीति, कार्यक्रम र बजेटमा विशेष महत्त्व दिएको बताउनु भयो । उहाँले समग्र कर्णालीको विकास युवा विकासमा निभर रहेको हुँदा युवामैत्री कार्यक्रम तय गर्न प्रदेश सरकार तयार रहेको जानकारी दीनुभयो । कार्यक्रममा राष्ट्रिय युवा परीषदका कार्यकारी उपाध्यक्ष माधव ढुङ्गेलले अबको युवाहरु विदेश केन्द्रित नभई देशमै उद्यमी युवा बन्नुपर्नेमा जोड दिनुभयो । उहाँले राष्ट्रिय युवा परिषदले स्थापनाकाल देखीनै युवाहरूको नेतुत्व विकास र उद्यमशिलतामा जोड दिदैं आएको बताउनुभयो ।

कार्यक्रममा वीरेन्द्रनगर नगरपालिप उप प्रमुख मोहनमाया ढकाल सिम्ता गाउँपालिका अध्यक्ष कबिन्द्रकुमार केसि, युवा तथा खेलकुद मन्त्रालयका उप सचीव महेन्द्र पौडेल, युवा अभियन्ता अशोक खनाल जिल्ला युवा समितीका सुर्खेतका अध्यक्ष टेकेन्द्र बस्नेत लगायतको उपस्थिति रहेको थियो । साथै राष्ट्रिय युवा परिषदको तेस्रो स्थापना दिवसको अवसरमा प्रशान्ती बृद्धाश्रम र मानव सेवा आश्रममा फलफूल वितरण गरी मनाइएको परिषदका सुचना अधिकारी उप सचीव धुर्बराज पौडेलले जानकारी दिनुभयो ।