व्यक्तित्व बिकासका लागि निरन्तर शनिवारे विशेष बिचार गोष्ठी कार्यक्रम शुरु


फागुन १८ सुर्खेत,

नेपाल विधार्थी संघ सुर्खेत निकटका विधार्थीहरुले व्यक्तित्व बिकासका लागि निरन्तर शनिवारे विशेष बिचार गोष्ठी कार्यक्रम शुरु गरेका छन। व्यक्तित्व बिकासका लागि निरन्तर शनिवारे विशेष समितिको आयोजनमा कार्यक्रम संचालन भएको हो। अबदेखि हरेक हप्ताको शनिवार पाटी कार्यलय सुर्खेतमा विभिन्न विषय वस्तुमा छलफल गरिने समितिका सह-संयोजक खेमकुमार शाहीले सितलपाटिलाई जानकारी दिनुभयो ।

उहाँले गोष्ठीमा काँग्रेसका अग्रज तथा नेविसंघकै विधार्थीहरुले विभिन्न विषयमा जानकारी गराउने, नेविसंको भुमिका,आगामि दिनमा कसरी अगाडी बढ्ने त्यसबारे छलफल गरिने बताउनुभयो। गोष्ठिको आज एक कार्यक्रमका बीच नेपाली काँग्रेस सुर्खेत क्षेत्र नम्बर २ का क्षेत्रिय सभापति नारायण कोईरालाले उद्घघाटन गर्नुभएको हो। उहाँले कार्यक्रमले युवाहरुलाई रचनात्मक काम गर्नमा मद्दत पुग्ने विश्वास गर्दै आगामी दिनमा नयाँ नयाँ बिषयमा छफलमा गर्न आग्रह गर्नुभयो। उहाँले वर्तमान सरकार नागरिकको हित विपरितको कामगर्दै अघि बढेको भन्दै यसको बिरुद्घ नेविसंघ उत्रिनुपर्ने बताउनुभयो। कार्यक्रममा नेपाल विधार्थी संघका निर्वतमान केन्द्रिय सदस्य हरि शर्माले विधार्थीहरुलाई पढाईसंगै राजनितिलाई पनि संगसंगै लैजान आग्रह गर्नुभयो।

अर्का पुर्वकेन्द्रिय सदस्य अनिल शाहीले नेविसंघमा अनुशासन हराउदै गएको प्रति चिन्ता जनाउदै अनुशासित भएर विधार्थी राजनितिमा लाग्न विधार्थी आग्रह गर्नुभयो।

यस्तै प्रजातान्त्रिक विचार समुहका अध्यक्ष महेन्द्र कार्कीले कोठामा बसेर जथाभावी जिम्मेवारी दिएर नेविसंघ बलियो नहुने भन्दै नेविसंघलाई बलियो बनाउन क्षमताको आधारमा पद बाडफाड गर्नुपर्ने बताउनुभयो। यता विधार्थीहरुले भने विभाजित बनेको नेविसंघलाई एकताबद्ब बनाएर अगाडि बढ्न नेतित्वलाई आव्हान गरेका छन।

उनिहरुले काँग्रेसको जग नै नेविसंघ भएको भन्दै विधार्थीहरुनै एकता हुन नसक्दा समस्या हुने गरेको बताएका छन।

कार्यक्रममा नेपाल प्रेस युनियनका सुर्खेतका सचिव मधुवन बीसी र नेविसंघ कालिकोटका सचिव सविन बिष्टले वर्तमान नेतृत्वका कारण नेविसंघ कमजोर भएको भन्दै नेवि संघ जोगाउन सबै विद्यार्थी एकजुट हुनुपर्नेमा जोड दिनुभयो।

कार्यक्रम व्यक्तित्व बिकासका लागि निरन्तर शनिवारे विशेष समितिका संयोजक पिताम्बर ढकालको अध्यक्षतामा सम्पन्न भएको हो।