निरन्तर सनिवारे बिचार गोष्ठी कार्यक्रम सम्पन्न


नेपाल विद्यार्थी संघ सुर्खेतले निरन्तर सनिवारे बिचार गोष्ठी कार्यक्रम अन्तर्गत ” राजनीतिक, सामाजिक र आर्थिक परिबर्तनमा युवाको भुमिका विषयक बिचार गोष्ठी कार्यक्रम सम्पन्न गरेको छ । मध्य पश्चिमाञ्चल बिश्वबिद्धालयका नेबि संघ नेता राम चन्द्र भण्डारीले बर्तमान परिवेशमा राजनीति र समाज मा ब्याप्त बिकृती बिसङ्गती विरुद्ध युवाहरू लड्दै समाजलाई आर्थिक रुपमा मजबुत गराउने अहम भुमिका युवाको हुने बताए । नेपाली कांग्रेस सुर्खेतका जिल्ला सद्स्य नवल देब गिरिले युवा हरु नै परिवर्तनका सवाहाक भएकोले कमिशन भ्रष्टाचारका विरुद्ध युवा खरो रूपमा उत्रिनु पर्ने बताए । गिरि ले युवा हरु खरो रूपमा उत्रिन नसक्दा समाजमा ब्याप्त बिकृती बढेको , देशको अर्थतन्त्र तहस नहस भएको र यो ब्यय भार युवाको काधमा आउने भएकाले युवाले यो बिशयमा चासो लिनु पर्ने बताए । कार्यक्रमका प्रमुख अथिती नेपाली कांग्रेस सुर्खेतका युवानेता दण्ड ढकालले युवा शक्तिले नै समाज र राजनीतिमा देखिएका बिकृती बिसङ्गती चिर्नु पर्ने , अनुत्पादक क्षेत्रमा लगानी धेरै हुनाले बेरोजगारी बढेको यो बिशयमा युवाले नै खबरदारी गर्नु पर्ने बताए । त्यस्तै कार्यक्रममा नेबि संघका नेता सुरेन्द्र काफ्ले, भुपेन्द्र आचार्य ,सबिन शर्मा, नबिन शाहि, तरुण दल सुर्खेतका जिल्ला सचिब कृष्ण भण्डारी , नेपाली कांग्रेस क्षत्र नम्बर २ सुर्खेतका सद्स्य युवा नेता ललित देब भट्टराईले आ-आफ्नो धारणा राखेको थिए । कार्यक्रम नेपाल विद्यार्थी संघका नेता पिताम्वर ढकालको सभापतित्वमा सम्पन्न भएको हो ।

कार्यक्रम संयोजन खेम कुमार शाहीले गर्नुभएको थियो ।