मनकारी खत्री दम्पती


वीरेन्द्रनगर नं. १ ढोडेखालीका युवा व्यवसायि दिनेश खत्री र उनकी धर्मपत्नी पार्वती भण्डारी खत्रीले आफ्नो वैवाहिक जीवनको पहिलो वर्षगाँठमा मानव सेवा आश्रम सुर्खेत शाखामा गएर आश्रितहरुलाई सहयोग गरेका छन् ।
गतवर्ष बैशाख ५ गते विवाह वन्धनमा बाँधिएका युवा व्यवसायि जोडिले मानव सेवा आश्रम वीरेन्द्रनगर १२ नेवारेमा गएर दुइ थान पंखा तथा फलफुल सहयोग गरेका हुन ।
झण्डै ३ महिना पहिले देखि शुरु गरेको आश्रममा सडकमा आश्रय लिएका तथा मानसिक सन्तुलन ठिक नभएकाहरुलाई सेवा गरिँदै आएको छ ।
युवा व्यवसायिक खत्री सामाजिक कार्यमा सक्रिय भएर काम गरेकाले सामाजिक कार्यमा निरन्तर लाग्ने बताए । उनले भने “
यस्ता विशेष दिन र खुशीमा फजुल खर्च गरेर मनाउने परम्परा लाई अबका नयाँ पुस्ताले परिबर्तन गर्न सके त्यस पछी का पुस्तालाइ राम्रो म्यासेज जाने हुदा त्यहिको अभ्यास गर्न खोजेको र यस्ता कर्मलाइ आफुहरुले बिगतबाटै निरन्तरता दिई रहेको र दिई रहने छौँ”
मानव सेवा आश्रम नेवारे शाखाका व्यवस्थापक संजिता गौतमले पुन्य कार्यका लागि सहयोगी हातहरु बढेकोमा खुशी व्यक्त गरिन् ।
बिवाहित खत्री दम्पतिले वीरेन्द्रनगर १ सुर्खेतमा राधाकृष्ण ट्रेडर्स नामको व्यवसाय गरीरहेका छन ।