राष्ट्रिय कुस्ती खेलाडी निर्मल बिष्ट बचाउ अभियान शुरू


सुर्खेत । राष्ट्रिय कुस्ती खेलाडी निर्मल बिष्ट बचाउ अभियान शुरू गरिएकाे छ । आठाैं राष्ट्रिय खेलकुदमा सहभागी भएका विष्ट एक्काशी विरामी भएका थिए । उनकाे कलेजाे प्रत्याराेपण गर्नुपर्ने भएपछि उनलाइ बचाउँन सुर्खेतमा सहयाेग जुटाउन अभियान थालिएकाे हाे । अयाेध्या अस्पताल बल्खु काठमाडाैंमा उपचारार्थ रहेका विष्टकाे कलेजाे प्रत्याराेपण गर्नु पर्ने भएकाे परिवारले जानकारी दिएकाे छ । तत्काल प्रयाप्त रकम नभएपछि आफन्त र साथीहरूले उनकाे सहयाेगार्थ सुर्खेतमा प्रदेश सरकारसंग सहयाेगकाे अपिल गरेका छन् । साथै, उनकाे जीवन रक्षाका लागि सक्दाे सहयाेग गर्न सुर्खेती सर्जक एवम् कलाकार हरी विष्टले समेत अपिल गरेका छन् । निर्मलकाे जीवन रक्षाका लागि सुर्खेतमा रहेकाे कुमारी बैक खाता नं. ०२६००४१६५६७००००१ मा सक्दाे सहयाेग गर्ने कलाकार विष्टले अनुराेध गरेका छन् ।