कर्णालीमा स्वास्थ्य बीमा गर्ने एकदमै न्युन संख्यामा


कर्णाली प्रदेशमा स्वास्थ्य बीमा गर्ने लिने सेवाग्राहीको संख्या न्यून कम भएको पाइएको छ स्वास्थ्य बीमा लागू भएका कर्णालीका पाँच जिल्लाको कूल जनसख्याको १८ प्रतिशत नागरिकले मात्रै बीमा गरेको जनाएको छ । कर्णालीका सुर्खेत, जुम्ला, जाजरकोट, रुकुम पश्चिम र कालिकोटमा स्वास्थ्य बीमा वोर्डले कार्यक्रम लागू छ । ती जिल्लाको कूल जनसंख्या ७ लाख ८५ हजार ३ सय १ मध्ये १ लाख ४२ हजार ३ सय ४ ले स्वास्थ्य बीमाको फारम भरेका छन् । बोर्डका प्रदेश संयोजक अर्जुन पण्डितले कर्णालीमा प्रचारप्रसारको कमीका कारण स्वास्थ्य सेवा कार्यक्रम प्रभावकारी बन्न नसकेको बताए । पण्डितका अनुसार प्रदेशका ५ जिल्लाका ३६ हजार ५ सय ४९ जनाले विमा गरेका छन् । प्रत्येक वडामा दर्ता सहयोगी नियुक्त गरेर राष्ट्रसेवक कर्मचारी, जनप्रतिनिधिलाई स्वास्थ्य बीमामा आवद्ध हुन उत्प्रेरित गर्न थालिएको उनको भनाई छ । कर्णालीका सुर्खेतस्थित प्रदेश अस्पताल, मेहेलकुना अस्पताल, सालकोट प्राथमिक स्वास्थ्य केन्द्र, सुर्खेत आँखा अस्पताल, रुकुम पश्चिमको चौरजहारी मिसन अस्पताल, जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र जाजरकोट जिल्ला अस्पतालबाट स्वास्थ्य बीमाका बिमीतको औषधी उपचार हुने गरेको छ । त्यस्तै, बोर्डले दैलेख र सल्यानमा चालू आ.व.मै कार्यक्रम लागू गर्ने तयारी भइरहेको जनाएको छ। स्वास्थ्य विमा वोर्डले यो वर्ष डोल्पा , हुम्ला र र मुगुमा कार्यक्रम विस्तार गर्ने योजना वनाएको छ । हाल सम्म वोर्डले विमा ( सदस्यता) गरे सदस्यता वापतको योगदान रकम अति गरिवको सदस्यता वापतको रकम र नेपाल सरकारले तिर्ने रकम गरि सदस्यता वापत ८ करोड १ लाख ९३ हजार ५ सय ५५ रुपैया संकलन भएको कार्यलयले जनाएको छ । साथै विमितलाई सेवा गरेवापत ५ करोड ८ लाख ७२ हजार ४ सय ९४ रुपैया भुक्तानी समेत गरिसकेको कार्यालयले जनाएको छ । कार्यक्रममा कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले आगामी वर्षको वजेटमा स्वास्थ विमा कार्यक्रम प्रभावकारी वनाउन वजेट विनियोजित गर्ने वताए । सरकारले प्रदेशका हरेक नागरिकको विमा गर्नका लागी आवश्यक सहयोग गर्ने वताए ।