कस्ताे हुन्छ ‘दुई कौडीको बुद्धि’ ? ललित पाैडेलसंग साेध्नुस् !


काठमाडौं ।

सञ्चारकर्मी ललित पौडेलको संगीतमा ‘दुई कौडीको बुद्धि’ बजारमा आएको छ । नेपाल आइडल रवि ओडको आवाज रहेको उक्त गीतमा पौडेलसंगै भिम बिसीकोपनि संगीत रहेको छ । इट्टाघरेको शब्द रहेको गीतमा गायक ओडसंगै गायिका मेलिना राईकोपनि आवाज रहेको छ ।

गीतमा नायिका बर्षा राउत र रन्जित पौडेलको अभिनय रहेको छ । उदयराज पौडेलले संगीत संयोजन गरेको यो गीत किशोर थापाले रेकर्ड, मिक्सिङ गरेका हुन् । निकेश खड्काको निर्देशन तथा सुबोल थाया र राजेन्द्र कटुवालको कोरियोग्राफिमा बनेको यस गीतको म्युजिक भिडियोमा नायिका वर्षा राउत र रञ्जित पौडेलको अभिनय देख्न सकिन्छ ।

बुद्ध थापाको छायांकन र विकाश धमलाको सम्पादनमा इट्टाघरे प्रोडक्सनले तयार पारेको यस गीतको म्युजिक भिडियो मेलिना राईको आधिकारिक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।