एनसेल कर कहिले तिर्ने ? सरकार कर असुली कहिले गर्ने ?


विद्याथीहरूकाे संगठन अखिल (क्रान्तिकारी) झापाले एनसेल सेन्टर बिर्तामोडअगाडी एनसेललाई कर तिर्न दवाव सहित होडिङ बोर्ड टांगेका छन् । “सरकार एनसेलसंग कर असुली कहिले” ? “एनसेल कर कहिले तिर्ने” लेखेको बोर्ड आज विहान झापा जिल्लाकाे विर्तामाेड स्थित एनसेल सेन्टर अगाडी टांगेका हुन् ।

एनसेलले पुंजिगत लाभकर बापतको रकम सरकारलाई बुझाउनुपर्ने हो । तर विविध बाहानामा एनसेलले कर छलिको बाटो अपनाईरहेको छ । विप्लव नेतृत्वको नेकपाले केहि समय अघि एनसेलका टावहरुमा बम राखि कर तिर्न दवाव दिएको थियो । सो घटनामा एकजनाको ज्यान समेत गैसकेको छ । तर पनि एनसेलले न सरकारलाई न विप्लवलाई कसैलाई पनि टेरपुछ्छर लगाएको छैन ।

एक हप्ता अगाडी सर्वाेच्च अदालतले एनसेललाई ठुला करदाता कार्यालयमा कर बुझाउनु भनी फैसला समेत गरेको थियो । तर एनसेलले पुनः अर्काे रिट हाली सो कुरालाई लम्ब्याउन खोजेको देखिन्छ ।

पछिल्लाे समयमा सर्वसाधारण र अन्य अगुवा व्यक्तिहरूबाट समेत कर प्रकणमा मुछिएको एनसेलको सीम प्रयोग नगर्ने अनुराेध भैरहेकाे छ । कतिपयले यस प्रकरणमा एनसेल र सरकारको मिलोमतो रहेको समेत बताएका छन् । यद्यपि यस कुराकाे पुस्टि हुने खालका तथ्यहरू भने देखिएका छैनन ।

सर्वोच्च अदालतको पछिल्लो आदेशमा एनसेलले तत्काल कर तिर्न नपर्ने खालेकाे आशय आएपछि नागरिक समुहले त्यसकाे विराेध गरेकाे छ । अदालतकाे पछिल्लाे आदेश  गलत भएको भन्दै नागरिक समुहका अगुवाबाट समेत त्यसका विरुद्धमा उत्रिन र एनसेलले छली गरेको कर नतिरेसम्म उसको सीम प्रयोग नगर्न आग्रह गरेका छन्।