कर्णाली प्रिमियम लिगमा एपीएफ को जित


सुर्खेतमा जारि वाईवाई कर्णाली प्रिमियर लिग अन्तर्गत समुह चरणको अन्तिम खेलमा शशस्त्र प्रहरी बल एपीएफले महेन्द्रनगर क्रिकेट एकेडेमीलाई पराजित गर्दै समुह ‘बि’ को विजेताको रुपमा सेमीफाइनल प्रवेश गरेको छ।

उक्त खेलमा टस जितेर ब्याटिंग रोजेको एपीएफले २० ओभरमा ९ विकेट गुमाएर १४३ रनको योगफल तयार गरेको थियो जसमा सुमित महर्जनले सर्वाधिक २६, भुवन कार्कीले २०, आयुष्मान बमले १५ र कमल सिंह ऐरीले अविजित १२ रन योगदान दिए। महेन्द्रनगर क्रिकेट एकेडेमीका बलर सन्तोष भट्ट र आकाश चन्दले  ३/३ विकेट तथा बिक्रम ठगुन्नाले २ विकेट लिए।

१४४ रनको लक्ष्य पछ्याउने क्रममा महेन्द्रनगरले २० ओभर ब्याटिंग गरे पनि ८ विकेट गुमाएर १२५ रन मात्रै बनाउन सक्यो । महेन्द्रनगरका सन्तोष भट्ट ले सर्बाधिक ५० रन बनाउन सफल भयका थिय जहाँ भट्ट ले ३५ बलमा ४ चौका र ३ छक्का प्रहार गरे। यस्तै हेमन्त कार्कीले ३० रन बनाए र अन्य ब्याट्सम्यानले उल्लेखनीय  प्रदर्शन गर्न सकेनन् स्वहि कारण महेन्द्रनगर १८ रनले परााजित हुन पुग्यो ।

खेलको प्लेयर अफ द म्याच भुवन कार्की घोषित भए।

कर्णाली क्रिकेट एकेडेमीको आयोजनामा जारि प्रतियोगिताको सेमीफाइनल खेलहरु शुक्रबार संचालन हुनेछन्। पहिलो सेमीफाइनलमा कर्णाली-११ र न्यु होराइजनले प्रतिस्पर्धा गर्ने छन् भने दोश्रो सेमीफाइनलमा एपीएफ र त्रिभुवन आर्मीले प्रतिस्पर्धा गर्नेछन्। फाइनल खेल शनिवार खेलिनेछ।