केपिएलको फाइनल समीकरण पुरा :- त्रिभुवन आर्मी क्लब र न्यु होराइजन भिडदै


बैशाख २०, सुर्खेत । सुर्खेतमा जारि वाईवाई कर्णाली प्रिमियर लिगमा  शुक्रबार सम्पन्न  दुई सेमिफाइनल खेलबाट फाइनलको समीकरण पूरा भएको छ ।

शुक्रबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा न्यु होराइजनले आयोजक कर्णाली-११ लाई ३ विकेटले तथा दोश्रो सेमीफाइनल खेलमा आर्मीले एपीएफलाई  १ विकेटले पराजित गर्दै न्यु होराइजन र आर्मीले फाइनलमा भिड्ने भयका छन ।

फाइनल खेल शनिवार सुर्खेत कालिन्चोक मैदानमा खेलिनेछ।

पहिलो खेल – न्युहोराइजनद्वारा आयोजक कर्णाली-११ पराजित

आजै भएको पहिलो खेलमा आयोजक कर्णाली-११ लाई पराजित गर्दै न्यु होराइजन बुटवल वाईवाई कर्णाली प्रिमियर लिगको फाइनल प्रवेश गरेको छ ।

सुर्खेत स्थित कालिन्चोक मैदानमा शुक्रबार विहान सम्पन्न खेलमा न्यु होराइजन ३ विकेटले विजयी भएको छ।

शुक्रबार भएको बर्षा  हावाहुरीको कारण १३ ओभर प्रति/इनिंगमा छोट्याइएको खेलमा टस हारेर पहिले ब्याटिंग गरेको कर्णाली-११ ले ४ विकेट गुमाएर ६२ रनको योगफल तयार गरेको थियो।

कर्णाली-११ को लागि कृष्ण कार्कीले सर्वाधिक ३३ रन बनाए।उनले ब्याटिंग गर्ने क्रममा ३१ बलमा ३ चौका र १ छक्का प्रहार गरेका थिए। होराइजनका कप्तान शक्ति गौचनले बलिङ गर्दै २ विकेट लिएका थिय ।६३ रनको लक्ष्य होराइजन बुटवलले ११.५ ओभरमा ७ विकेट गुमाएर भेटेको थियो।जितमा शुबेन्दु पाण्डेले १८, निश्चल चौधरीले १०, बिशाल सुनारले १० तथा सुनिल धमलाले ८ रन बनाएका थिय ।त्यसैगरि किशोर महतोले कर्णाली-११ को लागि ३ विकेट तथा प्रकाश जैसीले २ विकेट लिए पनि आयोजक टिमलाई  जित दिलाउन सकेनन्।

खेलको प्लेयर अफ द म्याच शक्ति गौचन चुनिए।

दोश्रो खेल – आर्मीद्वारा एपीएफ पराजित 

आजै भएको दोश्रो सेमीफाइनलमा त्रिभूवनआर्मी क्लबले एपीएफलाई १ विकेटको झिनो अन्तरले पराजित गरेको छ।

उक्त खेलमा टस जितेर ब्याटिंग गरेको एपीएफले १८ ओभरमा सबै विकेट गुमाएर ८६ रन मात्रै बनाउन सफल भयको थियो। एपीएफको लागि शरद भेसावकरले ३०, भुवन कार्कीले १९, पुरन बिकले १३ र शंकर रानाले १२ रन बनाएका थिय भने आर्मी बलर सोमपाल कामिले ३ , सुशन भारिले २ तथा जितेन्द्र मुखिया र साहब आलमले १/१ विकेट लिन सफल भयका थिए।

८७ रन लक्ष्य पछ्याउने क्रममा आर्मीले १७.४ ओभरमा ९ विकेट गुमाएर लक्ष्य पुरा गर्न सफल भयको थियो। आर्मीको लागि सोमपाल कामिले सर्वाधिक ३१ तथा जितेन्द्र मुखिया र रोहित पौडेलले समान १२ रन योगदान दिएका थिय ।

एपीएफको लागि कमल सिंह ऐरी र यज्ञमान कुमालले २/२ विकेट तथा अमर सिंह रौटेला, भुवन कार्की र शरद भेसावकरले १/१ विकेट लिएका थिय।

खेलको प्लेयर अफ द म्याच सोमपाल कामि चुनिए।

कर्णाली क्रिकेट एकेडेमीद्वारा आयोजित प्रतियोगिताको विजेताले नगद ५ लाख रुपैयाँ तथा उप-बिजेताले नगद २ लाख रुपैयाँ प्राप्त गर्नेछन्। यस्तै प्लेयर अफ द म्याच घोषित हुने खेलाडीले ३५०० रुपैयाँ तथा प्रतियोगितामा उत्कृस्ट घोषित हुने बलर र ब्याट्सम्यानले समान २०,००० र प्लेयर अफ द सिरिजले ५०,००० प्राप्त गर्नेछन् ।