निर्मलले ल्याए ‘बालखमै दिल बस्यो गौंथली…


दैलेख आइडल रुपेश चन्दको आवाजमा ‘बालखमै दिल बस्यो गौंथली, नभागौं त मन भो खल्बली, भागौं भने बालविवाहको मुद्दा चल्ला नी’ बोलको भिडियो सार्वजनिक भएको छ । निर्मल पौडेलले निर्देशन गरेको म्युजिक भिडियोमा रुपेशका साथै सुर्खेती बालकलाकार पुजा गाहा र मिलन विक लगायतको अभिनय छ । दीपक शर्माको शब्द/संगीत रहेको भिडियो कोरियोग्राफी हेमन्त भुषालले गरेका हुन् । सुर्खेतमा छायांकन गरिएको म्युजिक भिडियो ओएसआर डिजिटलले युट्युब च्यानलमार्फत सार्वजनिक गरेको हो । दैलेख नौमूलेका १२ वर्षीय रुपेशले यसअघि दैलेख आइडलको उपाधि हात पारिसकेका छन् ।
निर्देशक पौडेलले बालविवाहविरुद्ध जनचेतना फैलाउन म्युजिक भिडियो उपयोगी हुने बताए । ‘बालविवाह कर्णाली प्रदेशको मुख्य सामाजिक समस्या हो,’ उनले भने, ‘यो भिडियोले दिने सन्देशलाई हरेक अभिभावक र बालबालिकामाझ पु¥याउन सके बालविवाह आफै कम हुनसक्छ ।’
हेर्नुस भिडियो

://www.youtube.com/watch?v=KwLyl8 https E1-lI&feature=share