कर्णाली र सुदुर पश्चिम् प्रदेशकै उत्कृष्ट ‘सिद्धपाइला क्याम्पस’!


सिद्धपाइला क्याम्पस सुर्खेत त्रिभुवन बिश्वबिधालयले २०७५ सालमा सन्चालन गरेको बिबिएस प्रथम बर्षको नतिजामा प्रदेश प्रथम भएको छ । अछाम मंगलसेन नगरपालिका वडा नम्बर ६ घर भइ हाल लम्किचुवा नगरपालिका बस्ने भोजराज भण्डारीले कर्णाली र सुदुर पश्चिम प्रदेशको सबैभन्दा बढी ७३% ल्याइ कर्णाली प्रदेश र सुदुर पश्चिम् प्रदेश प्रथम भएका छन् ।

कर्णाली प्रदेशकाे राजधानी सुर्खेतकाे वीरेन्द्रनगरमा सञ्चालित सिद्धपाइला क्याम्पस  २०७० सालमा स्थापना भएको हो। स्थापनाकालदेखि नै बि.बि.एस. मा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको क्याम्पसको नतिजा अब्बल रहंदै आएको छ । क्याम्पसमा प्रर्याप्त शैक्षिक सामाग्रीहरूकाे उपलब्धता र शान्तिपुर्ण वातावरण सिद्धपाइला क्याम्पसकाे विशेषता हाे । क्षमतावान प्राध्यापकहरुको उचित सल्लाह र मार्गदर्शनले गर्दा पछिल्लाे समय विद्यार्थीहरूले सिद्धपाइला क्याम्पस राेज्ने गरेका छन ।

कर्णाली तथा सुदुर पश्चिम प्रथम भएका भाेजराज भण्डारीले २०७१ सालमा अछामबाटै एस. एल. सि. पास गरेका हुन् । सामान्य परिवारका भण्डारीले  प्लस टु भने श्री कृष्ण संस्कृत तथा साधारण उच्च मा.वि. इत्रामबाट पास गरेका थिए । उनले भने ‘क्याम्पसमा अध्ययनका लागि प्रशस्त शैक्षिक सामाग्रीहरू छन्, शिक्षकहरू क्षमतावान हुनुहुन्छ, यसकारण याे नतिजा प्राप्त भयाे ।’ त्रिभुवन विश्वविद्यालयकाे बि.बि.एस. प्रथम बर्षकाे २०७५ काे नतिजामा जम्मा १७.८५ प्रतिशत हुँदा क्याम्पसको नतिजा भने ५१ प्रतिशत रहेको छ । क्याम्पस प्रमुख उपेन्द्र सुवेदीले पछिल्लो समय विद्यार्थीहरु बैंङतर्फ आकर्षण देखिएकाले सुर्खेत स्थित विभिन्न बैंकहरुसँग समन्वय गरेर क्याम्पसले विद्यार्थीहरुलाई इन्टनसिपकाे व्यवस्था गर्दै आएको बताए । उनले थपे ‘हामिले पास आउट भएका बिद्यार्थीहरूको रोजगारीको लागी समेत पहल गरि विद्यार्थीलाइ राेजगार दिलाउने कार्य समेत गरिरहेका छाैँ ।’ सिद्धपाइला  क्याम्पसबाट अध्ययन गरि पास आउट भएका र अध्ययनरत केहि विद्यार्थीहरू सुर्खेत स्थित लक्ष्मी बैंक, इनभेष्टमेन्ट बैंक र नेपाल बङगलादेश बैंकमा कार्यरत छन्।

क्याम्पस प्रमुख सुवेदीले गुणस्तरीय शिक्षा प्रदान गर्नुका साथै क्याम्पसले अतिरिक्त क्रियाकलापहरू समेत सञ्चालन गर्दै आएको बताए । सुवेदीले भने – ‘अन्य क्रियाकलापका लागि अब हामिलाइ आफ्नै सुविधासम्पन्न भवनको आवश्यकता महसुस भएकाे छ । त्यसैले मंगलगढी चौक नजिकै भौतिक संरचना निर्माणकाे लागि तयारी अन्तिम चरणमा पुर्याएका छाैँ ।’ लिफ्टसहितको भवनका लागि डिजाइनको काम अन्तिम चरणमा पुगेको क्याम्पस प्रमुख सुवेदीले जानकारी दिए ।