प्रहरीलाई मोटरसाइकल सहयोग ।


कर्णाली प्रदेशको राजधानी समेत रहेको विरेन्द्रनगर नगरपालिकाले जिल्ला प्रहरी कार्यालय सुर्खेतलाई एक थान मोटरसाइकल सहयोग गरेको छ।
विरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टिकाराम ढकालले समग्र शान्ति सुरक्षा ब्यबस्थापन, नदीजन्य पदार्थको ओसारपसारमा नियमन नगरपालिकालाई सहयोग तथा समन्वय र प्राशासनिक कार्यका निम्ति सहयोग पुर्याउनका लागी प्रहरीलाई नगरपालिकाले मोटरसाइकल  सहयोग गरेको बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतलाइ यस अघि विरेन्द्रनगर नगरपालिका वार्ड नम्बर ३ले समेत एक थान मोटरसाइकल सहयोग गरेको थियो।