जागरण अभियानले कांगे्रस कार्यकर्तामा उत्साह


सुर्खेत– नेपाली काङ्गे्रस कर्णाली प्रदेशसभा संसदीय दलका नेता जीवनबहादुर शाहीले जागरण अभियानले पार्टीका नेता÷कार्यकर्ताहरुमा उत्साह छाएको बताउनुभएको छ ।
वीरेन्द्रनगरमा आज आयोजित नगरस्तरीय जागरण सभालाई सम्बोधन गर्नु हुँदै उहाँले पार्टीलाई एकताबद्ध गर्नु नै मुख्य चुनौती रहेको बताउनुभएको हो ।

जागरण अभियानले कार्यकर्ताको गुनासोलाई उचित सम्बोधन गर्न नेतृत्वलाई दबाब सिर्जना गरेको उहाँको भनाई थियो । ‘हामी आपसमै धु्रवीकृत भएर होइन, एकिकृत भएर पार्टी संगठनलाई अगाडि बढाऔं, तब अहिलेजस्तो छायाँमा होइन प्रकाशमै आउने गरी अवश्य स्थापित हुनेछौं,’ उहाँले भन्नुभयो, ‘यसका लागि पार्टी एकढिक्का बन्नैपर्छ, अभियानले पनि सकारात्मक भावना पैदा गराएको छ ।’ बुढापाकाको होस र युवाको जोशले नै कांगे्रस मुलुकको भविष्य निर्माणमा केन्द्रीत हुने उहाँले बताउनुभयो ।
अभियानका लागि केन्द्रीय प्रतिनिधिका रुपमा सुर्खेतमा खटिनुभएका पार्टी केन्द्रीय सदस्यसमेत रहुनभएका शाहीले आफूले कर्णाली प्रदेशसभामा राजधानी वीरेन्द्रनगरको विकासका लागि निरन्तर आवाज उठाउँदै आएको प्रष्ट पार्नुभयो । सदनमा निरन्तर आवाज उठाएपनि कर्णाली सरकारले वीरेन्द्रनगरको विकासमा अझैं बेवास्ता गरेकाले काङ्गे्रसले सडकबाट समेत खबरदारी गर्नुपर्ने बेला आएको बताउनुभयो ।

जिल्ला सभापति कमलराज रेग्मीले वर्तमान सरकारको अलोकतान्त्रिक कार्यशैलीको एकढिक्का भएर भण्डाफोर गर्नुपर्ने बताउनुभयो । नगर सभापति समेत रहनुभएका वीरेन्द्रनगरका प्रमुख देवकुमार सुवेदीले जागरण अभियानले नेता÷कार्यकर्ताको गल्ती सच्याउन मद्दत गरेको धारणा राख्नुभयो । इतिहासको बिरासतले मात्र नभई आउने पुस्ताका लागि अब हामीले सम्झनलायक काम गर्नुको विकल्प नभएको नगर प्रमुख सुवेदीको भनाई थियो । नगर सचिव उपेन्द्र खड्काले सञ्चालन गरेको कार्यक्रममा क्षेत्रीय सभापति नारायण कोइरालाले पनि बोल्नुभएको थियो ।