विरेन्द्रनगरको प्राथमिकतामा महिला स्वरोजगार


 

सुर्खेतको विरेन्द्रनगर नगरपालिकाले चालु आर्थिक बर्षमा महिला स्वरोजगारका कार्यक्रमलाई प्राथमिकता साथ अघिसारिएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले चालु आर्थिक बर्षमा नगरपालिकाले अटो रीक्सा तालीम दीएका २१ जना महिलालाई अटो खरीदका लागी नपाले दुई लाख आर्थिक सहयोग गर्ने तथा सरल कर्जाका लागी पहल गरीने तर अटो रीक्सा चालक अनुमतिपत्र बनाउनुपर्ने बताउनुभयो ।

नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालका अनुसार नगर सभाबाट नै महिला स्वरोजगारका कार्यक्रमलाई प्राथमिकताका साथ अघि सारिएको बताउनुभएको  छ। विरेन्द्रनगर नगरपालिका सामाजिक बिकास समिति संयोजक यमुना नेपालीले नगरपालिकाले उधमी महिला तयार गर्नका लागी नगर स्तरमा एक करोड बजेट बिनियोजन गरेको समेत जानकारी दिनुभयो ।

नगरपालिकाकाले एक घर एक महिला रोजगार विरेन्द्रनगर नगरपालिकाको बिकास र समृद्धिको मुल आधार भने नाराका साथ वडा तहबाट विभिन्न सीपमुलक तालिम प्रदान गरिरहेको छ।