मेस्सीले जिते लगातार तेस्रो पटक गोल्डेन बुट


लिओनल मेस्सीले लगातार तेस्रो पटक गोल्डेन बुट जितेका छन । उनले करियरकै छैटौँ पटक युरोपेली गोल्डेन बुट हात पारेका छन। मेस्सीले स्पेनिस ला लिगा मा ३४ खेल खेल्दै ३६ गोल गरेका थिए ।

युरोपका लिगहरुमध्ये सर्वाधिक गोलकर्तालाई प्रदान गरिने अवार्डमा दोस्रो स्थानमा पीएसजीका युवा फरवार्ड किलियन एमबाप्पे रहे । यो अवार्ड जित्ने हाेडमा रहेका एमबाप्पे अन्तिममा चुक्न पुगे । शुक्रबार राति भएको लिगको अन्तिम खेलमा राइम्ससँग ३-१ को हार बेहोर्दा एमबाप्पेले १ गोल मात्र गरेपछि उनलाइ पछि पार्दै मेस्सीले याे अवार्ड जितेका हुन।

यसघी सन् २००७/०८ मा क्रिस्टियानो रोनाल्डोले म्यानचेस्टर युनाइटेडबाट ३१ गोल गर्दै अवार्ड जितेका थिए ।