बार्सिलोनालाई पराजित गर्दै भ्यालेन्सियाले उचाल्यो कोपा डेल रे को उपाधि


१२ जेठ, सुर्खेत । कोपा डेल रेको फाइनलमा बार्सिलोनालाई पराजित गर्दै भ्यालेन्सियाले उपाधि उचालेको छ ।

शनिबार राति भएको खेलमा भ्यालेन्सियाले बार्सिलोनालाई २-१ गोल अन्तरले पराजित गरेको हो । भ्यालेन्सियालाई उपाधि दिलाउन केभिन गेमिरो र रोडि्रगोले गोल गरेका थिय भने बार्सिलोनाका लागि कप्तान मेस्सीले गोल गरेका थिए ।

खेलको २१औं मिनेटमा नै भ्यालेन्सियाका केभिनले गोल गर्दै अग्रता बनाएका थिए । फेरी ३३ औं मिनेटमा भ्यालेन्सियाका रोडि्रगोले अर्को गोल थप्दै २-० गोलको अग्रता बनाएको थियो ।

खेलको ७३औं मिनेटमा कप्तान मेस्सीले गोल गर्दै २-१ गोलको अग्रतामा ल्याएका थिए । तर बाँकी समयमा अर्को गोल गर्न नसक्दा बार्सिलोना भ्यालेन्सियासँग २-१ गोलअन्तरले पराजित भएको हो । पहिलो हाफमा नै दोब्बर अग्रता बनाएको बार्सिलोनाले दोस्रो हाफमा केही सुधारिएको खेल खेल्दै एक गोल गर्न सफल भयो तर भ्यालेन्सियालाई रोक्न भने सकेन ।