दोस्रो विश्व साइकल दिवसको अवसरमा पहिलो सुर्खेत राइड (फोटो फिचर)


दोस्रो विश्व साइकल दिवसको अवसरमा पहिलो सुर्खेत राइड  भएको छ।साइकल चलाउन रुचि भएका मानिसहरूको उपस्थितिमा सन्चलान भएको पहिलो सुर्खेत राइडबाट आगामी दीनमा सुर्खेतमा साइकल चलाउने गतिविधि बढाउनका लागी कर्णाली राइडर क्लबमार्फत विभिन्न अभियान सन्चालन गरीने छ।

साइकल अभियान्ता माधव चौलागाईंले पर्यटकीय सम्भावनाका दृष्टिले सुर्खेतमा साइकल अत्यन्त सान्दर्भिकता भएको र यहाँका धार्मिक तथा ऐतिहासिक स्थल, डाँडापाखा, जंगल, खेतबारी र बस्तीहरू साइकलबाट भ्रमण गर्न उपयुक्त बताउनुभयो ।

कर्णाली प्रदेश सरकारका प्रमुख सचीव तथा साइकल अभियान्ता केबल प्रसाद भण्डारीले सुर्खेत साइकलको लागी उपयुक्त ठाउँ भएको र साइकल वातावरणमैत्री स्वास्थका लागी लाभदायक भएको हुनाले कर्णाली युवाहरूमा साइकल चलाउने बानीको बिकास गर्न जरुरी रहेको बताउनुभयो ।