लक्ष्मी बैंकको वर्ल्डकप योजनाः खाता खोल्दा फाईदै फाईदा


काठमाडौँ, २१ जेठ ।

लक्ष्मी बैंकले Ctrl O नामक डिजिटल माध्यमबाट खाता खोल्ने ग्राहकहरुका लागि विशेष योजना सुरु गरेको छ ।

F1 Soft सँगको सहकार्यमा सञ्चालित योजना अन्तरगत हाल जारी ICC Cricket world Cup 2019 को अवधिभर Ctrl O मार्फत बचत खाता खोल्दा ग्राहकहरुले रु ५०० बराबरको मोबाइल व्यालेन्स प्राप्त गर्न सक्नेछन् ।

ग्राहकले बैंकको वेवसाइटमा गई अनलाइन खाता खोल्ने निवेदन दिन सक्ने र त्यसलाई आधिकारिकता दिन एक पटकको लागि बैंकको नजिकैको शाखामा जानु पर्ने बैंकले जनाएको छ ।

लक्ष्मी बैंकले कागज रहित बैंक खाता खोल्न अभिप्रेरित गर्ने उद्देश्यले यो योजना सार्वजनिक गरेको हो । यसबाट विद्युतीय कारोबारलाई समेत सहयोग पुग्ने विश्वास लिइएको छ ।

वल्र्ड कप विशेष योजना वातावरणमैत्री बैंकिङप्रणाली अवलम्बन गर्नेतर्फ बैंकको एक अर्को कदम हो । यस योजनाले बातावरणमा कार्वन फुटप्रिन्टमा कमी आउने र जिम्मेवार एवं दिगो व्यवसायलाई सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

सन् २००२ मा स्थापना भएको लक्ष्मी बैंकको संजाल ४७ जिल्लामा १०६ शाखा, २ एक्स्टेन्सन काउन्टर र ४ हस्पिटल सेवा काउन्टर, १२८ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स्एजेन्टतथा ५८ शाखारहित बैंकिङ एजेन्टहरु पुगेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायीकर्जा, लघुवित्त, विमालगायतका वित्तीय सेवाहरुको बढ्दो मागलाई पुरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरुमा आक्रामक रुपमा सेवा विस्तार गर्दै आएको छ ।

यो योजनासँगै बैंकले ग्राहकहरुलाई उनीहरुकै रोजाईको माध्यमअर्थात शाखा कार्यालय, इन्टरनेट बैंकिङ र मोवाईल फोन मार्फत बैंकिङ सेवा प्रदान गरी शहरी तथा अर्ध शहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहक अनुभवलाई अझ सशक्तपार्ने नीतिअनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ ।