नेशनल प्याब्सनको चौथो जिल्ला अधिबेशन सप्पन्न


जेठ २५, सुर्खेत ।
नेशनल प्याब्सन सुर्खेतको चौथो जिल्ला अधिबेशन भव्य रुपमा सम्पन्न गरेको छ। सिद्धार्थ शनि रिसोर्ट प्रा. लि. मा भएको उक्त अधिबेशन चुनाबी अधिबेशन पनि रहेकोले कार्यक्रम अझै बढी महत्त्वका साथ हेरियको थियो। कार्यक्रममा नेसनल प्याब्सन केन्द्रिय कार्यसमितिको उपस्तिथि रहनुको साथै दर्जन बढी छिमेकी जिल्लाका जिल्ला कार्यसमितिका पदाधिकारीहरुको समेत उपस्थित रहेको थियो। उक्त चौथो अधिबेशनले नयाँ कार्यसमितिको सर्बसम्मत रुपमा चयन गर्न सफल भयको छ । समितिमा अध्यक्ष दिपेन्द्र राज खनाल ,उपाध्यक्ष कुसुम भट्टराई , सचीव राजु ढकाल , सह-सचिव पदम रिमाल, कोषाध्यक्ष दिपक खड्का ,सह-कोषाध्यक्ष उत्तम गिरी, र सदस्यहरुमा गोपाल प्रसाद शर्मा , सुदर्शन खड्का , कासी प्रसाद कोइराला ,राजेन्द्र शर्मा ,नारद प्रसाद रेग्मी ,घनश्याम खड्का र दिनेश खत्री चयन हुनु भयको छ ।