बिद्यार्थी संघ /संगठनका केन्द्रिय सदस्य शर्मा र योगी पक्राउ


 

असार,३ सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयको ९ औँ स्थापना दिवसको अवसरमा आन्दोलन गरेका भन्दै नेपाल बिद्यार्थी संघका केन्द्रिय सदस्य हरी शर्मा र अनेरास्वूका केन्द्रिय सदस्य नविन योगीलाई प्रहरी पक्राउ गरी हिरासतमा राखेको छ ।

 


संघिय राजधानीको एक नीजि कलेजले टिसर्ट सौजन्य प्रदान गरेकोमा विश्वविद्यालयका विभिन्न विद्यार्थी संघ÷संगठनहरुले आपत्ती जनाउदै आन्दोलन गरेका थिए । नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य हरी शर्माका अनुशार, हाम्रो विश्वविद्यालय हाम्रो गौरवको हुनु पर्नेमा जबरजस्ती मेरो विश्वविद्यालय मेरो गौरव लेखेको प्रती हामी बिद्यार्थी संगठनहरुको आपत्ति हो । शर्माले भन्नु भयो विश्व विद्यालय जुन उद्देश्य अनुसार स्थापना भएको हो त्यो उद्देश्य अनुरुप सञ्चालन नभई विश्व विद्यालयका पदाधिकारीहरुको मनोमानी तरिकाले चलिरहेकोले गर्दा आफुहरुले आन्दोलन गर्नु परेको बताउनु भयो ।


शर्माले  आन्दोलनको क्रममा आफू लगाएत अनेरास्ववियु जिल्ला अध्यक्ष धुपेन्द्र बहदुर शाही, अखिल क्रान्तिकारी केन्द्रिय सचिब अमर जङ शाही, अनेरास्ववियु केन्द्रिय अनुसासन आयोग सदस्य नवीन योगि, नेबिसंघ नेता राजन के.सि. , न्युटन ओलि, अनेरास्ववियु नेता महेन्द्र थाप, सरोज नेउपाने, गणेश शाही, चित्र सुनार, तिर्सना हमाल र ममता अधिकारीलाई पक्राउ परेको बताउनु भयो ।