असार ३, २०७६ हुम्ला:

कर्णाली नदिमा जीप दुर्घटना हुदा १६ जना वेपत्ता भएका छन्।  हुम्लाको खार्पुनाथा गाउँपालिका ५को खार्पुनाथ बाट याक्चु कुना जाँदै गरेको लु १ ज ७१६६ नम्बरको जीप  गाढी बेणु बिसौना र कैलेबालुको बिच खण्ड बाट नदिमा खसेको हो। जीप खस्दा खार्पुनाथ गाउँपालिका उपाध्यक्ष शिन्दु शाही हमाल सहित १६ जना वेपता भएको  सहायक प्रमुख जिल्ला अधिकारी महेश कुमार पोखरेलले जानकारी दिए।

खार्पुनाथ गाउँपालिका वडा नम्बर ५ मा पर्ने बेणुबिसौना र कैलेबालु भन्ने ठाउँबाट मंगलबार अपरान्ह १ बजे  गाडी दुर्घटना भएको हो।  गडीमा बसेका कति यात्रु सवार थिए  भन्ने एकिन भइनसकेकोले  साहयक प्रमुख जिल्ला अधिकारी पोखरेले  जानकारी दिए। अहिले  नेपाली सेना,प्रहरी र शसस्त्र प्रहरी बल र स्थानीय बासिन्दाको प्रयासमा उद्धार गरिरहेको छ। तर गाडी नदिमा खसेको केहिसमय पछि गाडी नै कर्णाली नदिले नै पुरै छोपेकोले कुन ठाउँमा गाड छ, भन्ने थाहा नभएको घटनास्थलमा पुगेका पत्रकार राजन रावतले बताए।  सिमकोट विमानस्थल बाटै फिस्टेल एयरको हेलिकप्टर बाट घटनास्थलमा सुरक्षा निकाया पुगिसेकका छन्।  घटनाको विस्तृत विवरण आउन बाँकी छ  ।