जन्मदिनमा बढिपिडितलाइ स्टेसनरी सहयोग


सुर्खेत, ३ असार ।  वीरेन्द्रनगर नं. १ ढोडेखालीका समाजसेवी एवं युवा व्यवसायि दिनेश खत्री ले आफ्नो २९ औ  जन्मोत्सव बडिपिडितलाइ सहयोग गरि मनायका छन् ।

आज मंगलबार उनले आफ्नो २९ औँ जन्मदिनको अवसरमा सुर्खेतको बराहताल गाउँपालिका श्री नेपाल राष्ट्रिय आधारभुत विद्यालय गिरीघाटका बाढिपिडीतका बच्चाबच्ची करिब ७५ जना बालबालिकाहरुलाई एक एक दर्जन कापिकलम सहयोग गरेर मनाएका छन । उनले यो सहयोग गरेको पहिलोपटक मात्र नभई  बिगत तिन वर्षदेखी उनि आफ्नो जन्मदिनमा बालबालिका र विद्यालयको भौतिक संरचनाको लागि सहयोग गर्न पुग्थे ।

“बिगत ३ बर्ष देखि मैले मेरो जन्म दिन बाडी पिडित बालबालिका हरुलाइ स्टेसनरी सहयोग गर्दै आइरहेको छु, खासै कसैको नजर नपरेको र सहयोग को असाध्यै आबश्यकता रहेका बालबालिका भएको हुदा त्यहा मलाइ सकेको सहयोग गरिरहन मन लाग्छ ” खत्रीले भने । बच्चा बच्चिलाइ सानो सहयोगले उनिहरुको पढाई मा मदत पुग्छ भने किन नगर्ने भन्ने पनि उनको भनाई छ । मनिसले खानपिन मोज मस्ती गरेर जन्मदिन मनाउने जुन चलन चल्ती छ त्यसलाई हामी युवा ले नै परिबर्तन गरि यसको दुरुपयोग होइन सदुपयोग गर्नु पर्ने र आफै बाट सुरु गरेको पनि उनले बताएका छन् ।

विद्यालय व्यनस्थापन समितिका अध्यक्ष रामबहादुर कामीले खत्रीको सहयोगले उत्साहित भएको र आगामि दिनमा पनि सहयोगको अपेक्षा रहेको बताए । विद्यालयका प्रधानाध्यापक तारा पोखरेल खत्रीले खत्रीको सहयोगले विद्यार्थीहरुलाई खुसी र उत्साह प्रदान गरेको बताइन । कापिकलम पाउँदा विद्यार्थिहरु निकै उत्साहित देखीन्थे । खत्रीले बिगतदेखी विद्यालयलाई सहयोग गरेकोले विद्यालयले सम्मानपत्र पनि प्रदान गरेको छ ।

केहि महिना अगाडि मात्रै खत्री र उनकी धर्मपत्नी पार्वती भण्डारी खत्रीले आफ्नो वैवाहिक जीवनको पहिलो वर्षगाँठमा मानव सेवा आश्रम सुर्खेत शाखामा गएर आश्रितहरुलाई सहयोग गरेका थिय ।