खोसिएका टि-सर्ट हरु बाढी पीडितलाइ


असार ४ सुर्खेत । मध्यपश्चिमाञ्चाल विश्वविद्यालयको नवौं वार्षिक उत्सवको अवसरमा काठमाडौंको  नीजि कलेजहरुले सौजन्य गरेका टि–सर्टहरु विश्वविद्यालयका विद्यार्थीहरुले खोसेेेर बाढी पीडितहरुलाइ बाडेका छन ।

बिश्वबिद्धालयको  गरिमामाथि नै आँच पुग्ने गरि नीजि कलेजहरुको प्रचार प्रसार गर्ने हेतुले सौजन्य लिइएको भन्दै उक्त टि–सर्टहरु विद्यार्थीहरुले खोसेर आफ्नो कब्जामा लिएका थिए । कब्जा गरियका  टि–सर्टहरु विद्यार्थीहरुले सुर्खेतको गिरिघाटमा रहेका बाढी पीडितहरुलाई बाँडेका छन् ।

मध्यपश्चिम विश्वविद्यालयले आफ्नै टि–सर्ट नभई नीजि कलेजको प्रचारका लागि सौजन्य गरेकोले बाध्य भएर विभिन्न संघसंगठनका विद्यार्थीहरुले  असार ३ गते आन्दोलन गरेका थिए । आन्दोलनको क्रममा एक प्रहरी घाइते भएका थिए भने दर्जनभन्दा बढी विद्यार्थीहरु लाइ प्रहरीले नियन्त्रणमा लियको थियो । नियन्त्रणमा रहेका विद्यार्थीहरु त्यही दिन छुटेका थिए ।

टि–सर्ट वितरण कार्यक्रममा विद्यार्थी नेताहरु  नेविसंघका केन्द्रीय सदस्य हरि शर्मा, अखिल क्रान्तिकारीका केन्द्रीय सचिव अमरजंग शाहि,अखिल (छैठौ) का केन्द्रीय कोषाध्यक्ष हस्तराज रेग्मी, मोहन राना,  राजन केसी, न्युुटन वलि, घनश्याम पुन, निकुञ्ज पाण्डे, राजन केसी, मोहन राना ,  तिर्सना हमाल, भिम  गुुरुङ, सपन आर सि , गणेश  शाही , प्रेम खड्का,रत्न कुमार शर्मा, ममता अधिकारी, सरोज न्यौपाने  लगायतको उपस्थिति रहेको थियो ।