उत्तर पश्चिम पृतनापति ट्रफी खेलकुद प्रतियोगिता शुभारम्भ


आषाढ १०, सूर्खेत । उत्तर पश्चिम पृतनापति ट्रफी खेलकुद प्रतियोगिता शुभारम्भ भएको छ । सुर्खेत स्थित एयरपोर्ट ब्यारेकमा आषाढ ०६ गते आयोजित एक समारोहका बिच उत्तर पश्चिम पृतनाका पृतनापति उपरथी सरोज प्रताप राणाले सो प्रतियोगिताको उद्धघाटनगर्नु भएको थियो ।

आषाढ २० गते सम्म संचालनहुने यो प्रतियोगितामा फुटवल, भलिबल, बास्केटबल, पौडी, बक्सिङ्ग, तेक्वाण्डो, एथलेटिक्स लगायतका खेलहरुमा उत्तर पश्चिम पृतना अन्तरर्गतका पांचवटा गणहरुका जम्मा ४२३ खेलाडि हरु सहभागी हुनेछन । एथलेटिक्स र तेक्वाण्दो खेलहरुमाजम्मा २१ महिलाहरु खेलाडीहरु समेतले प्रतिस्पर्धा गर्नेछन । बार्षिक रुपमा आयोजना हुने यो प्रतियोगिता यस बर्ष दाङ्गको तुलसीपुरमा र सुर्खेतमा संचालन गरिदै छ । एथलेटिक्सर बक्सिङ्ग तुलसीपुरमा तथा फुटबल, बास्केटबल, भलिबल ,पौडी तथातेक्वाण्दा ेसुर्खेतमा आयोजना गरिदै छ ।

प्रतियोगिताको उदघाटनगर्नुहुदै पृतनापति उपरथी राणाले खेलकुदको माध्यमद्धारा सैनिकहरुमा अनुसाशन कायम राख्न, सामुहिक भावना, आपसि सहयोगको भावना बिकास गर्ने हुदा समग्रमा नेपाली सेनाको पेशागत क्षमतालाई अभिबृद्धि गराउन उल्लेखनिय भुमिका खेल्ने भएकोले सम्पुर्ण खेलाडिहरु लाई अन्तराष्ट्रिय खेलकुदको मर्म र भावना अनुरुप प्रतियोगितामा सहभागि हुन निर्देशन दिनुभएको थियोे ।