पृतनापति ट्रफीको उपाधि १९ नम्बर बाहिनीलाई (फोटो फिचर)


पृतनापति ट्रफीको उपाधि१९ नम्बर बाहिनी अड्डाले हात पारेको छ । उत्तरपश्चिम पृतनापति उपरथी सरोजप्रताप राणाले आज एयरर्पोट ब्यारेकमा आयोजित समापन कार्यक्रममा १९ नम्बर बाहिनी अड्डालाई ट्रफी हस्तान्तरण गर्नुभयो ।

सर्वोत्कृष्ट तथा विजयी खेलाडीहरुलाई उपरथी राणाका साथै नेपाल प्रहरीका कर्णाली प्रदेश प्रमुख एवं प्रहरी नायब महानिरीक्षक पूर्णचन्द्र जोशी र सशस्त्र प्रहरी बल ६ नम्बर बाहिनी मुख्यालयका प्रमुख एवं सशस्त्र प्रहरी नायब महानिरीक्षक प्रजाभक्त श्रेष्ठले शिल्ड, मेडल र प्रमाणपत्र वितरण गर्नुभएको थियो ।


प्रतियोगितामा बक्सिङतर्फ नन्दाबक्स गण, बास्केटबलतर्फ सबुज गण, एथेलेटिक्सतर्फ नयाँ सबुज गण, स्वीमिङतर्फ ज्वालादल गण, भलिबलतर्फ नयाँ सबुज गण, तानडोरीतर्फ नन्दाबक्स गण र तेक्वान्दोतर्फ नयाँ सबुज गण विजयी भएका थिए । समापनका क्रममा नयाँ सबुज गण र नन्दाबक्स गणबीच भएको फुटबलको फाइनलमा नन्दाबक्स गण ३–० ले विजयी भयो ।
सर्वोत्कृष्ट तथा विजयी खेलाडीले राष्ट्रियस्तरमा सञ्चालन हुने प्रधानसेनापति ट्रफीमा भाग लिनेछन् । प्रतियोगिता यही असार ३ गतेदेखि शुरु भएको थियो ।