ब्राजिल ले उचाल्यो कोपा अमेरिका उपाधि


२३ असार, सुर्खेत । आइतबार राति माराकाना रंगशालामा भएको खेलमा पेरुलाई ३-१ गोल अन्तरले पराजित गर्दै ब्राजिलले कोपा अमेरिका को उपाधि उचालेको हो । १२ वर्षपछि ब्राजिलले कोपा अमेरिका फुटबलको उपाधि जितेको हो ।

ब्राजिललाई उपाधि दिलाउन सौसा सोरेस, गाबि्रयल जिसस र रिचार्लिसनले गोल गरे । पेरुका लागि भने पाउलो गुइरेरोले गोल फर्काएका थिए ।

खेलको १५ औ मिनेटमा सोरेसले गोल गर्दै ब्राजिललाई १-० गोलको अग्रता दिलाएका थिए भने खेलको ४४औं मिनेटमा पेरुले गोल फर्काउन सफल भयो । पेरुका लागि गुइरेरोले पेनाल्टीबाट गोल गर्दै १-१ गोलको बराबरी दिलाएका थिए तर खेलको पहिलो हाफमै ब्राजिलले अग्रता बनाउन सफल भयो । पहिलो हाफको अतिरिक्त समयमा जिससले गोल गर्दै ब्राजिललाई २-१ गोलको अग्रता दिलाए ।

खेलको ७० औ मिनेटमा भने ब्राजिल १० खेलाडीमा सिमित हुन पुग्यो । जिससले दोहोरो पहेलो कार्ड खादै मैदानबाट बाहिरिएका थिए । २-१ गोलअन्तरले अघि रहेको ब्राजिलले खेलको ९० औं मिनेटमा अर्को गोल गर्न सफल भयो । यो पटक भने पेनाल्टीबाट रिचार्लिसनले गोल गर्दै ब्राजिललाई ३-१ गोलको जित दिलाए ।