फाईनलमा हङकङलाई हराउँदै यू–१९ एसिया कपमा नेपाल


२४ असार, सुर्खेत ।

मलेसियाको किनरारा ओभलमा हङकङ दिएको मात्र ९६ रनको लक्ष्य नेपालले १६.१ ओभरमा ४ विकेट गुमाएर नेपाल यू–१९ एसिया कप खेल्ने भएको छ । छनोटको फाईनल खेलमा हङकङ्ग संग घातक बलिङ्ग गरि जित हात पार्न नेपाल सफल भयो ।

 

नेपालले टस जितेर पहिला बलीङ्ग गरि हङकङ्ग लाई सस्तैमा समेट्न सफल भएको थियो । त्यस क्रममा सागर ढकालले घातक बलिङ्ग गरेका थिए । घातक बलिङ्ग गरेका सागर ढकालले १० ओभर बलिङ गरि ५ मेडिन राख्दै १८ रन दिए र ५ विकेट लिएका थिए भने उनी सँगसंगै कमल सिंह ऐरीले ३ विकेट लिएका थिए ।

टस हारेर ब्याटिङको निम्तो पाएको हङकङले ४३.१ ओभरमा सबै विकेट गुमाएर ९५ रन बनायो । उसका आदित गोरवाराले २४ र काल्हन मार्कले १९ रन बनाउँदा अन्य ब्याट्सम्यान चल्न सकेनन् ।

नेपालको ब्याटिङ्ग सुरुवात राम्रो थियो । लञ्ज अघि ५ ओभरमा ४४ रन बनाएको नेपालले ५२ रन बनाउँदा ऋत गौतमको विकेट गयो । उनी १३ रनमा आउट भए । ३९ रनमा आउट हुनुअघि पवन शरार्फले खडकबहादुर बोहोरासँग २४ रनको साझेदारी गरे । बोहराले ८ रन बनाए । कप्तान रोहितकुमार पौडेल १२ रन जोडे ।

यू–१९ एसिया कपमा ८ देशको प्रतिस्पर्धा

नेपालले एसिया कपको यो संस्करण २८ अगष्टदेखि श्रीलंकामा हुनेछ । प्रतियोगितामा आयोजक श्रीलंकासँगै अफगानिस्तान, बंगलादेश, भारत, पाकिस्तान, यूएई, कुवेतसँगै नेपाल रहेका छन् ।