हिस्टुनको ध्यानाकर्षण


माध्यमिक विधालय शिक्षक युनियन नेपाल (हिस्टुनले) साबिक उच्च मा.विमा कार्यरत शिक्षकका बिषयगत लाइसेन्स ,बिहानी र दिवा सत्रमा शिक्षकलाइ दोहोरो चाप,तोकिएको भन्दा पाठ्यभार बढी तथा अन्य सेवा सुबिधाको बारेमा नेपाल शिक्षक संघ कर्णाली प्रदेश मार्फत नेपाल शिक्षक संघ केन्द्रिय समितिलाई ध्यानाकर्षण गरेको छ।

हिस्टुनका कर्णाली प्रदेश अध्यक्ष अनन्त राज पन्त का अनुसार साबिक उच्च माविमा कार्यरत अनुदान तथा दरबन्दी शिक्षकहरुको किताबखानामा नाम समाबेश नभएको एबम संचित बिरामी बिदाको रकम हालसम्म प्राप्त नभएको तथा कक्षा ९-१२को समान पाठ्यक्रम र शैक्षिक सत्र एकैसाथ सुचारु गर्नुपर्ने बताउनुभयो ।उहाँले नेपाल शिक्षक महासंघले माध्यमिक शिक्षकका मुद्दाहरूलाई प्राथमिकता साथ सरकारको ध्यानाकर्षण गर्नुपर्ने बताउनुभयो ।