काँक्रेविहारमा शिखर शैलीको मन्दिर निर्माण सम्पन्न
६ भाद्र, सुर्खेत । नेपालको एकमात्र संरक्षित वन “काँक्रेविहार”मा रहेको भग्नावशेषलाई पुरात्व विभागबाट उत्खनन् गरि पुनःनिर्माण कार्य थालिनी गरिएपछि आज शिखर शैलीको मन्दिर निर्माणको काम सम्पन्न भएको छ । शिखर शैलीमा निर्माण गरिएको मन्दिरमा गजुर राखिए संग मन्दिर निमार्णको काम सम्पन्न भएको हो । कार्यक्रममा कर्णाली प्रदेश सरकारका मुख्यन्याधिवक्त विद्याभूषण मानन्धरले ऐतिहासिक काँक्रेविहारको पुनः निर्माण गर्ने काम सम्पन्न भएको छ अब यसको सुरक्षाकालागि वडा पालिका, प्रदेश सरकार तथा संघीय सरकार लाग्नुपर्ने बताउँदै अब काँक्रेविहारलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्नकालागि सरकारले पहल गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका नगरप्रमुख देवकुमार सुवेदीले “काँक्रेविहार प्रदेशको मात्र नभै देशको नै महत्वपूर्ण स्थल सरकारले बनाइसकेको र आज काँक्रेविहारमा निर्माण भएको शिखर शैलीको मन्दिरको स्वरुपको आज हामी काँक्रेविहारको महत्वपूर्ण पाटो सम्पन्न गर्दैछौ यसकार्यकालागि स्थानीय जनप्रतिनिधी निर्माण संलग्न कालीगढी प्रदेशबासीहरुमा धन्यवाद व्यक्त गर्नुभयो ।
उहाँले काँक्रेविहारको सौन्दर्यता, विविधता पक्ष तथा यस्लाई अध्ययन एव दर्शन केन्द्रकारुपमा विकास गर्नकालागि प्रदेश सरकार, संघीय सरकार, पर्यटन बोर्ड लगाएत सरोकारवाला निकायसंग स्थानीय सरकारका तर्फबाट प्रस्ताव पेश गरिसकेको जानकारी दिदै अब काँक्रेविहारको सुन्दरता निखारनकालागि सरोकारवाला निकाय संग समन्वय गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । त्यस्तै समाजसेवी गणेश वलीले काँक्रेविहारको सौन्दर्यतालाई जोगाइ व्यवस्थापन, सुरक्षा लगाएत एवं बनाउन बाँकी रहेका कामलाई वडा पालिकालाई जिम्मा दिनुपर्ने बताउँदै विवादैविवाद भएका कारणले काँक्रेविहार पुनः निर्माण भएकोमा खुशी व्यक्त गर्नुभयो । त्यस्तै समाजसेवी ध्रुवकुमार श्रेष्ठले जनताको परिकल्पना केही सम्म साकार भएको बताउँदै संस्कृतविद, पुरात्वविद लगाएतले यस्को अझै सुक्ष्म अध्ययन गर्नुपर्ने बताउँदै अब यस्को सुरक्षाकालागि सशस्त्र प्रहरी वा सेनाको एक टुकडी राख्न सरोकारवाला निकायलाई आग्रह गर्नुभयो । गुम्वा निर्माण समितिका अध्यक्षले नोर्बु गुरुङ्गले नेपालको ईतिहासमा २१ मिटरको अग्लो शिखर शैलीको मन्दिर निर्माण हुनु नै गौरव रहेको बताउनुभयो ।
कार्यक्रममा वीरेन्द्रनगर नगरपालिका ९ नं वडा अध्यक्ष सुरेश मानन्धरले अथक मेहनतले आज काँक्रेविहार पुनः निर्माण सम्पन्न भएको छ । आज एउटा यूगको अन्त्य एव एउटा नयाँ यूगको शुरुवात भएको बताउनुभयो । उहाँले भन्नुभयो । “काम गर्दा वाधाअड्चन चुनौतीहरु थुप्रै आउँछन् र आएपनि ति सबैलाई छिचोल्दै आजको शिखर शैलीको मन्दिरमा गजुर राख्ने काम सम्पन्न गर्न पाउँदा आज जीवनको नै महत्वपूर्ण क्षण रहेको अनुभव भएको छ । मेरो वडाको पहिचान नै काँक्रेविहार हो ।
