कर्णाली र सुदुर पश्चिम् प्रदेशकै बि.बि.एस. अध्यनको हब बन्दै “सिद्धपाइला क्याम्पस”


सितलपाटी संवाददाता २०७६, १२ भदौ।

कर्णाली प्रदेश राजधानी सुर्खेत रहेको सिद्धपाइला क्याम्पस २०६९ सालमा स्थापना भएको हो ।स्थापनाकालदेखी नै बिबिएसमा अब्बल नतिजा हासिल गर्दै आएको क्यापसबाट हालसम्म तीन वटा ब्याज पास आउट गराइ सकेको छ ।त्रिभुवन बिश्वबिधालयले २०७५ सालमा सन्चालन गरेको बिबिएस प्रथम बर्षको नतिजामा प्रदेश प्रथम भएको छ । अछाम मंगलसेन नगरपालिका वडा नम्बर ६ घर भइ हाल लम्किचुवा नगरपालिका बस्ने भोजराज भण्डारीले कर्णाली र सुदुर पश्चिम प्रदेशमा सबैभन्दा बढी ७३% ल्याइ कर्णाली प्रदेश र सुदुर पश्चिम् प्रदेश प्रथम भएका छन् । कर्णाली प्रदेशकाे राजधानी सुर्खेतकाे वीरेन्द्रनगरमा सञ्चालित क्याम्पसले स्थापनाकालदेखि बि.बि.एस. मा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको क्याम्पसको नतिजा अब्बल रहंदै आएको छ । क्याम्पसमा प्रर्याप्त शैक्षिक सामाग्रीहरूकाे उपलब्धता र शान्तिपुर्ण, बिद्यार्थीमैत्री वातावरण सिद्धपाइला क्याम्पसकाे विशेषता हाे । क्षमतावान प्राध्यापकहरुको उचित सल्लाह ,मार्गदर्शन रनिरन्तर बिद्यार्थी मुल्यांकनले गर्दा पछिल्लाे समयमा बि बि एस अध्यन गर्ने विद्यार्थीहरूको पहिलो रोजाइमा सिद्धपाइला क्याम्पस पर्ने गरेको छ ।

 

त्रिभुवन विश्वविद्यालयकाे बि.बि.एस. प्रथम बर्षकाे २०७५ काे नतिजामा जम्मा १७.८५ प्रतिशत हुँदा क्याम्पसको नतिजा भने ५१ प्रतिशत रहेको छ । क्याम्पस प्रमुख उपेन्द्र सुवेदीले पछिल्लो समय विद्यार्थीहरु बैंङतर्फ आकर्षण देखिएकाले सुर्खेत स्थित विभिन्न बैंकहरुसँग समन्वय गरेर क्याम्पसले विद्यार्थीहरुलाई ईन्ट्र्नशिपकाे व्यवस्था गर्दै आएको बताए । उनले थपे ‘हामिले पास आउट भएका बिद्यार्थीहरूको रोजगारीको लागी समेत पहल गरि विद्यार्थीलाइ राेजगार दिलाउने कार्य समेत गरिरहेका छाैँ ।’ सिद्धपाइला क्याम्पसबाट अध्ययन गरि पास आउट भएका र अध्ययनरत केहि विद्यार्थीहरू सुर्खेत स्थित लक्ष्मी बैंक, इनभेष्टमेन्ट बैंक र नेपाल बङगलादेश बैंकमा कार्यरत छन्। क्याम्पस प्रमुख सुवेदीले गुणस्तरीय शिक्षा प्रदान गर्नुका साथै क्याम्पसले अतिरिक्त क्रियाकलापहरू समेत सञ्चालन गर्दै आएको बताए ।

सुवेदीले भने – ‘अन्य क्रियाकलापका लागि अब हामिलाइ आफ्नै सुविधासम्पन्न भवनको आवश्यकता महसुस भएकाे छ । त्यसैले मंगलगढी चौक नजिकै भौतिक संरचना निर्माणकाे लागि तयारी अन्तिम चरणमा पुर्याएका छाैँ ।’ लिफ्टसहितको भवनका लागि डिजाइनको काम अन्तिम चरणमा पुगेको बताउनुभयो ।उहाँले थपनुभयो क्याम्पसले यस् बर्ष कक्षा १२ को नतिजा प्रकाशन भए संगै नयाँ विद्यार्थी भर्ना खुलाएको केही समयमै दुइवटा सेक्सन पूरा भएको एबम कर्णाली प्रदेशका विभिन्न जिल्लामा रहेका ब्यबस्थापन पढाई हुने २० बिधालयका बिधालय प्रथम समेत भर्ना भैसकेका छन् अब हामीले तेस्रो सेक्सनका सिमित सिटहरुमा मात्रै नयाँ बिद्यार्थी भर्ना लिन्छौ।