पातरासिमा खुल्यो जडिबुटी प्रशोधन उधोग


भदौ २१, जुम्ला । कर्णाली प्रदेश सरकारका उधोग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले जुम्लाको पातरासी गाउँपालिका वार्ड नम्बर २ मा रहेको छान्चरी हाल्ना जडीबुटी प्रशोधन उधोगको औपचारिक उदघाटन गर्नुभएको छ ।

 

 

उधोग सन्चालन समितिका अध्यक्ष पुनसिङ बोहराका अनुसार उधोगमा स्थानीय जडिबुटी प्रशोधन गरीने बताउनुभयो उहाँका अनुसार उक्त उधोग ३५ लाखको लागतमा निर्माण भएको हो ।उधोग उदघाटन कार्यक्रममा बोल्दै मन्त्री बुढाले उधोगले स्थानीय स्तरमा रोजगारीका अबसर सीर्जना गरि रोजगारीका अबसर सीर्जना हुने भएकोले बजारीकरण का लागि सरकारले सहज बाताबरण बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो।यस्तै मन्त्री बुढाले तिला गाउँपालिकामा प्रदेश सरकार बाट संचालित बिकाश निर्माण सम्बन्धि योजना हरुको समेत अनुगमन गर्नु भएको छ तिला गाउँपालिका ३ कुडारीमा गाउँपालिकाले गरेको स्वागत तथा भेटघाट कार्यक्रममा बोल्दै मन्त्री बुढाले पर्यटकीय रुपमा जुम्ला एकदमै सम्भावना बोकेको जिल्ला भएकोले जिल्लामा रहेका पर्यटककिय स्थलहरुको भौतिक पुर्बाधार निर्माण तथा प्रचारप्रसारमा प्रदेश सरकार मार्फत विशेष पहल गर्ने बताउनुभयो ।

 

स्वागत कार्यक्रममा तिला गाउँपालिका अध्यक्ष रत्ननाथ योगिले गाउँपालिकाले आफ्नो गाउँपालिकामा रहेका पर्यटकीय स्थलहरुको भौतिक बिकाशका लागि डीपीआर तयार पारेको र प्रदेश मन्त्रालयलाई समेत उक्त पर्यटकीय स्थलहरुको भौतिक बिकाशका लागि आबश्यक सहयोग गर्न आग्रह गर्नुभयो ।