प्रगतिशील वन प्राविधिक संघको प्रथम अधिबेशन सम्पन्न


प्रगतिशील वन प्राविधिक संघ कर्णाली प्रदेशको प्रथम अधिबेशन सम्पन्न भएको छ ।अधिबेशनको उदघाटन कार्यक्रममा बोल्दै कर्णाली प्रदेश सरकारका उधोग ,पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिङ बुढाले कर्णाली प्रदेश आर्थिक समृद्धिका लागि पर्यटनको बिकाश र वन जङ्गलको उचित प्रयोगनै भएको हुँदा प्रदेशमा रहेको करीब ३४ प्रतिशत वनलाई बैज्ञानिक तवरले प्रयोग गर्नु पर्ने बताउनुभयो ।उहाँले प्रदेश सरकारबाट सन्चालन हुने बिकाश निर्माण तथा अन्य योजनाहरुलाइ समयमै कार्यान्वयन गर्न समेत निर्देशन दिनुभयो ।सरकारलाई उपयुक्त सल्लाह, सुझाव दिन कर्मचारहिरुलाई आग्रह गर्दै मन्त्री बुढाले मन्त्रालयले कर्मचारीको उचित ब्यबस्थापन र प्रोत्साहनका लागि तयार रहेको बताउनुभयो
प्रथम अधिबेशनले गोबिन्द प्रसाद दाहालको अध्यक्षतामा प्रदेश कमिटी गठन गरेको छ जस्को उपाध्यक्षमा महेश कुमाइ ,महासचिवमा शिखर चपाईं कोषाध्यक्षमा प्रकाश देबकोटा सहित ११ सदस्यीय कार्य समिति रहेको छ।कार्यक्रम उधोग, पर्यटन वन तथा वातावरण मन्त्रालयका सचीव कृष्ण प्रसाद आचार्य मन्त्रालयका उप सचिव शिबराम अधिकारी तथा संघका केन्द्रिय प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।