त्रि .वि कर्णाली बिद्यार्थी समाजको शुभकामना आदनप्रदान


त्रि .वि कर्णाली बिद्यार्थी समाज काठमाडौले दशै तिहारको शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।काठमाडौ किर्तिपुर स्थित मायाघर बालश्रममा रहेका बालबालिकालाई दशैको लागि स्वास्थ खसी र कर्णालीमा उत्पादन भएका खानेकुरा प्रदान गरेको बिद्यार्थी समाजका अध्यक्ष सागर थानिले बताउनुभयो ।उहाँले कर्णाली प्रदेशबाट आएका बिद्यार्थीहरुमाझ आपसी सम्झदारी सहयोग समन्वयका लागि समाजको स्थापना भएको जानकारी दीनुभयो ।
शुभकामना आदनप्रदान कार्यक्रममा बोल्दै कालिकोट जिल्लाका प्रतिनिधि सभा सदस्य दुर्ग बहादुर रावलले बिद्यार्थी समाजले दशैको बेलामा अभिबाभक बिहिन बालबालिकालाई गरेको सहयोगले उनिहरुको दशै रमाइलो हुने बताउनुभयो ।उहाँले युवाहरुले यस्ता सामाजिक काममा अग्रसरता लिएकोमा बिद्यार्थी समाज लाई आभार प्रकट गर्नुभयो ।