सोरू गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि सांघातिक आक्रमण


मुगुकाे सोरू गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायमाथि अज्ञात समूहले आक्रमण गरेको छ । आक्रमणबाट उपाध्याय गम्भीर घाइते भएका छन् । उनको टाउकोमा चोट लागेको छ।

 

उनलाई थप उपचारका लागि हेलिकाेप्टरबाट काठमाडौं लैजाने तयारी गरिए पनि मौसम खराबीका कारण सम्भव नभएको जिल्ला प्रहरीका कार्यालय मुगुले जनाएको छ ।

आक्रमणकारीको खोजी भइरहेको प्रहरीको भनाइ छ ।