सुर्खेत काँक्रेविहार यातायातले थप्यो एयर बस


 

सुर्खेत काँक्रेविहार यातायात प्रा.लि.ले एयर बस थपेको छ । कर्णाली प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरबाट देशैभर दिवा तथा रात्री यातायात सेवा दिँदै आएको प्रा.लि.ले सुविधा सम्पन्न थप दुईवटा एयर बस सञ्चालनमा  ल्याएको हो ।

‘अहिले दुईवटा एयर बस थप गरेका छौं,’ प्रा.लि.काअध्यक्ष रमेश सापकोटाले  भने, ‘पाँचवटा एयर सस्पेन्सन पुस मसान्तसम्म ल्याउनेगरी प्रक्रिया थालिएको छ ।’ हाल १ सय ३२ वटा सुविधासम्पन्न गाडीमार्फत् यातायात सेवा दिइरहेको प्रतिष्ठित उक्त प्रा.लि.ले कर्णाली प्रदेशका पहाडी जिल्लालाई मध्यनजर गर्दै दुई महिनाभित्र विभिन्न मोडेलका २१ वटा गाडी थप गर्ने जनाएको छ.

 

केही महिनाभित्र गाडी संख्या १ सय ६० पु¥याएर दिँदै आएको सेवा भरपर्दो तथा थप गुणस्तरण बनाउन आफूहरू लागिपरेको अध्यक्ष सापकोटाको बताए । यातायातका साधनको संख्या थप गर्दै जाने आफूहरूको योजनाले यात्रीहरूलाई सहज तथा सर्वसुलभ सेवा दिन सकिने अध्यक्ष सापकोटाको विश्वास छ ।