सुर्खेत उपत्यका नगर विकास समितिका पदाधिकारीले गरे पदभार ग्रहण


सुर्खेत, १६ असोज ।

सुर्खेत उपत्यका नगर विकास  पदाधिकारीले पदभार ग्रहण गरेका छन् नगर विकास समितिको सम्बन्धित स्थानीय तहको प्रमुख अध्यक्ष रहने प्रावधान अनुरुप विरेन्द्र नगर नगरपालिका प्रमुख देव कुमार सुवेदीको अध्यक्षतामा गठन भएको छ ।समितिमा जिल्ला समन्वय प्रमुखले तोकेको ब्यक्ति ,प्रमुख जिल्ला अधिकारी वा निजले तोकेको प्रशासकीय अधिकृत ,वन, भुमि तथा नापी कार्यालयका प्रतिनिधि ,सम्बन्धित पालिकाका सदस्यहरु बाट ३ जना सदस्य ,स्थानीय तहको विकासमा महत्त्वपूर्ण योगदान पुर्याएका प्रतिनिधिबाट एकजना महिला सहित २ जना सदस्य तथा सम्बन्धित पालिकाका प्रमुख प्रशासकीय अधिकृत सदस्य सचीव रहने प्रावधान रहेको छ।

नेपाल सरकारले नगर योजना कार्यान्वयन गर्न आवश्यकता अनुसार प्रत्येक स्थानीय तहमा नगर विकास समिति गठन गर्न सक्ने ब्यबस्था रहेको
विरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले जानकारी दिनुभयो।

.