जोखिममा रहेका बालकलाई दशैको अवसरमा नगर प्रमुखको सहयोग


आस्विन २०, सुर्खेत ।

कर्णाली प्रदेशको राजधानी विरेन्द्रनगर सुर्खेत स्थित आमाघरमा रहेका बालकहरुलाइ वीरेन्द्रनगर नगरपालिका सुर्खेतका नगर प्रमुख देव कुमार सुवेदीले दशैको अवसरमा ब्यक्तिगत रुपमा आमाघरम आश्रय लिइ रहेका ९ जना जोखिममा परेका बालकहरुलाई एक एक जोर कपडा तथा फलफूल वितरण गर्नुभएको छ ।

नगर प्रमुख सुवेदीले, सकारात्मक सोचको बिकास र लगनशील मेहनती हुन प्रेरित गरोस भनि बालकहरुलाई शुभकामना व्यक्त गर्नुभयो ।आमाको घरमा हाल ९ जना बालकहरु आश्रयमा रहेका छ्न राष्ट्रिय बाल दीवस २०७६ को अवसरमा जोखिममा रहेका बालबालबालिका राख्न लाई आमाको घर स्थापना भएको युवा अभियान्ता अनिल ढकालले बताउनुभयो ।