स्मार्ट सार्वजनिक शौचालय निमार्ण शिलान्यास


वीरेन्द्रनगर नगरपालीका सुर्खेत र संयूक्त राष्ट्र् संघ विकास कार्यक्रमको आर्थिक तथा प्राविधिक सहयोगमा अन्तरनिर्भर समाज सुर्खेतले वीरेन्द्रनगर नगरपालीका भित्र ५ स्थानमा अत्याधुनिक सार्वजनिक शौचालय निमार्ण गर्ने योजना अन्तर्गत वीरन्द्रनगर नगर पालीका वडा नं. ६ वसपार्कको पश्चिम तथा वडा नं. ८ बुलबले प्रवेशद्वारको उत्तर (महिला प्रशिक्षण केन्द्रको पश्चिम) मा निमार्ण कार्य शिलन्यास गरिएकोछ ।

उक्त शिलन्याय कार्यक्रममा वीरेन्द्रनगर नगरपालीका सुर्खेतका नगर प्रमुख देवकुमार सुवेदी, वडा नं. ६ का वडा अध्यक्ष मोति प्रसाद कंडेल, वडा नं. ८ का वडा अध्यक्ष थम प्रसाद गौतम, वीरन्द्रनगर नगर पालिकाका प्रमुख टिकाराम ढकाल, संयूक्त राष्ट्र संघ विकास कार्यक्रम फिल्ड कार्यालय सुर्खेतका फिल्ड कोर्डिनेटर रफिक अन्सारी, अन्तरनिर्भर समाजका कार्यकारी व्यवस्थापक विवेक कुमार शाही लगायतको उपस्थिती रहेको थियो ।

 

वीरन्द्रनगर नगरपालिका कार्णाली प्रदेशको राजधानी भएको कारण वढ्दो जनधनत्वलाई मध्यनजर गरि श्वच्छ तथा स्वस्थ शहर वनाउने कार्यमा सहयोग पुर्याउने लक्ष्य अनुरुप उक्त कार्यक्रम लागु गरियको नगर प्रमुख देवकुमार सुवेदीले बताउनुभयो ।वीरेन्द्रनगर नगरपालीको ३९ प्रतिशत तथा यूएनडिपीको ६१प्रतिशल साझेदारीमा करिव १ करोड ३० लाख लगानी रहेको छ । उक्त सार्वजनिक शौचालय निमार्ण कार्य २०१९ मार्च सम्पन्न गरी वीरन्दनगर नगरपालीकालाई हस्तान्तर गर्ने योजना रहेको अन्तरनिर्भर समाजका कार्यकारी व्यस्थापक विवेक कुमार शाहीले जानकारी दिनु भयो ।